Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

वन्दको विकल्प खोज्न तरुणदलको आग्रह

विराटनगर २६ भदौ । आमहट्तालका कारण जनजीवन अस्तव्यस्त भएको भन्दै नेपाल तरुणदलले वन्दको विकल्प खोज्न अनुरोध गरेको छ । विराटनगर उपमहानगरपालीका कार्यसमितीद्धारा आज निकालिएको विज्ञप्तीमा २९ गते विहान ८ बजे विराटनगरमा सद्भाव र्‍याली निकालिने बताएको छ । र्‍यालीमा सवैलाई सहभागी हुन अनुरोध पनि गरेको छ ।
देश कठिन मोडमा भएको वेला आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट निकास खोज्न आग्रह समेत गरिएको छ । दलहरुका पुर्व सहमती अनुसारका सम्झौताहरुलाई समेत अवज्ञा गर्दै विद्यालय तथा आकस्मिक सेवाहरुमा समेत अवरोध गरिएको र बाटोमा एम्वुलेन्स र आकस्मिक सेवाका साधनहरु समेतलाई अवरोध पुर्‍याई बाटोमा रुख काट्ने , ढुङगा थोपार्ने कार्यले समस्या निम्त्याईएको भन्दै आकस्मिक सेवालाई स्वतन्त्र रुपमा आवागमन गर्न दिन समेत अनुरोध गरेको छ । प्रेस स्वतन्त्रताको अवज्ञा गर्दै प्रेस माथीे आक्रमण भएको प्रती तरुणदलले घोर भत्र्सना समेत गरेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget