Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

शान्तीको पाँचौ साधरण सभा सम्पन्न

पथरी ,२६ भदौ  ।मोरङको पथरीमा स्थापित शान्ती सामुदायिक बन उपभोत्ता समितिको पाँचौ बार्षिक साधरण सभा सम्पन्न भएको छ ।
समितिकै कार्यलयमा शनिबार आफ्नो पाँचौ साधरणसभामा प्रगति प्रतिबेदन, आर्थिक प्रतिबेदन पेश गर्नुका साथै बिभिन्न ब्यत्तीहरुलाई सम्मान गरेको छ ।
समितिका सचिब मेनुका राईले आफ्नो प्रगतिप्रतिबेदन पेश गर्दै १६४.७७ हेक्टर क्षेत्रफलको जंगल समुहमा हस्तानतरण भएको बन क्षेत्रको अतिक्रमित भुभागलाई हटाई बिरुवा रोपिएको र यि कामको सम्मान गर्दै जिल्ला बन कार्यलय मोरङले सम्मान स्वारुप बन तथा भू संरक्षण मन्त्री महेश आचार्यको हातबाट सम्मान पाईएको उल्लेख छ । यसै गरि बनमा यस भन्दा अगाडीका समिति रहेर बेरुजु रहेको रकम समेत राजनितिक दल लगायतको सहयोगमा उठाईएको उल्लेख छ ।
समितिका कोषाध्यक्ष तकवीर लिम्बुले आर्थिक प्रतिबेदन पेश गर्दै आर्थिक बर्ष २०७२÷०७३ मा कूल आय तर्फ ४० लाख ६५ हजार ५ सय १५ रुपैया २१ पैसा रहेको र कूल खर्च तर्फ ५६ लाख ५२ हजार ७ सय ७८ रुपैया २९ पैसा रहेको बताए ।
यस मध्ये पक्की वाल निर्माण गर्दाको जिन्सी सामग्री खरिद तथा मजदुर ज्याला कर्मचारी तलब जाली निर्माण लगायत ठाउहरुमा यो रकम खर्च भएको उल्लेख छ ।
समितिलाई बाँकी रहेको ६ लाख रुपैया समितिकै ब्यत्तीहरुको तिर्नु पर्ने हिसाब समेत प्रतिबेदनमा बताईएको छ ।
समितिले अफ्ना ७१ जना बयोबृदा उपभोत्ताहरु मनजित राई देवीमाया नेपाल हर्कमान राना गायत्री थापा गम्बे राई सहितलाई नगद ५ सय रुपैया र सम्मान पत्रले सम्मान गरेको थियो । यस्तै गरि समुहलाई अतुलनिय योगदान पु¥याएको भन्दै तिलक बान्तावा, भवानी बराल, दानबहादुर बोहोरा, दिपेन्द्र तिम्सीना प्रेम दाहाल र कृष्णा उप्रेतिलाई सम्मान गरेको थियो । समितिले संस्थापकहरुमा बिरबहादुर बस्नेत लोकेन्द्र डाँगी कृष्णाराज बेघा धनप्रसाद साँवालाई सम्मान गरेको थियो ।
हरित बनका अभियान्ता रबिन्द्र राईलाई सामुदायिक बनको तर्फबाट सम्मान गरेको कार्यक्रममा कार्यक्रमका सभापति समितिका अध्यक्ष कुलबहादुर गुरुङ प्रमुख अतिथिमा सामुदायिक बन उपभोत्ता महासंघ मोरङका अध्यक्ष अग्नी पौडेल रहेको थिए भने समितिका उपाध्यक्ष हेमभत्त तमुले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिब मेनुका राईले सञ्चान गरेकी थिईन ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget