Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अपाङ्गतामैत्री भवन नहुँदा स्रोत कक्षा सञ्चालनमा समस्या

इलाम, २६ भदौ । अपाङ्गतामैत्री भवन नहुँदा इलामको वरबोटे उच्च माविद्वारा सञ्चालित समाहित शिक्षाअन्तर्गत बौद्धिक अपाङ्गता तथा सुस्तमनस्थितिको कक्षा सञ्चालनमा समस्या भएको छ ।

विगत १७ वर्षदेखि बौद्धिक अपाङ्गता भएका बालबालिकालाई अध्ययन, अध्यापन गराउँदै आएको स्रोत कक्षालाई व्यवस्थित गर्न समस्या भएको हो ।

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई एकै ठाउँमा राखेर व्यावहारिक ज्ञान सिकाउन तथा बस्नका लागि आवासको समेत समस्या भएको स्रोत शिक्षक डिल्लीराम खतिवडाले जानकारी दिनुभयो ।
आफ्ना आमाबुबा तथा घरपरिवारले हेरचाह गर्न समस्या भएपछि स्रोत शिक्षामा ल्याइएका बालबालिकालाई सामान्य ज्ञानदेखि व्यावहारिक ज्ञान जस्तै हातखुट्टा, मुख धुने, दाँत धुनेलगायत खेल खेलाएर विभिन्न सीप सिकाउने गरिन्छ ।

यहाँ ल्याएका कतिपय बालबालिका बोल्न नसक्ने, लुगा लगाउनुपर्छ भन्ने ज्ञानसमेत नभएका, भात खान नसक्ने जस्ता समस्या भएकाले उनीहरुको हेरचाहका लागि दुई महिला कर्मचारी (आय) राखिएको खतिवडाको भनाइ छ ।

यस्तै बालबालिकालाई व्यावहारिक शिक्षाका माध्यमबाट सैद्धान्तिक शिक्षामा परिवर्तन गराउनका लागि सरकारले दुई स्रोत शिक्षक राखेको अम्बर उच्च माविका प्राचार्य तुलाराम पुरीले बताउनुभयो । शिक्षा विभाग तथा जिल्ला शिक्षा कार्यालय इलामको लगानीमा सञ्चालित बौद्धिक शिक्षा सञ्चालन कार्यक्रममा एक विद्यार्थी बराबर मासिक रुपमा रु दुई हजार ५०० सरकारले उपलब्ध गराउँदै आएको जानकारी प्राचार्य पुरीले दिनुभयो ।

स्रोत कक्षामा बालबालिकाको चापसँगै २४सै घन्टा निगरानी गर्नुपर्ने भएकाले दुई कर्मचारीले समेत धान्न समस्या भएको प्राचार्य पुरीको भनाइ छ । स्रोत कक्षामा अहिले इलामका २० र ताप्लेजुङका एक जना रहेका छन् ।

कतिपय कुपोषणका कारण पनि अपाङ्गता हुन पुगेका बालबालिका स्रोत कक्षामा आएपछि सुधार आएको पाइएको छ ।

हाल उनीहरुलाई राख्ने ठाउँ साँघुरो भएकाले एकै ठाउँमा कोचेर राख्नुपरेको छ । सरकारले उनीहरुका लागि आवश्यक पर्ने व्यवस्थित खेलमैदान, पिङ, चिप्लेटी खेलजस्ता आवश्यक खेलकुदका सामग्री सहयोगका साथै छुट्टै नीति निर्माण गर्न आवश्यक रहेको देखिन्छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget