Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर, १८ भदौ । विराटनगर–१६ स्थित अरुणोदय अध्ययन केन्द्र र अरुणोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगर–१६ पञ्चमुखीचोकमा आयोजित कार्यक्रममा विभिन्न व्यक्तिहरुले रक्तदान गरेका थिए । कृषि विकास बैंक क्षेत्रीय कार्यालय विराटनगर–१५, अरुणोदय निमावि र नेपाल रात्री तथा दिवा यातायात संघको सहयोगमा आयोजित कार्यक्रममा १२ महिलासहित ४० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक कुवेरबहादुर थापाले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा विराटनगर–१५ र १६ को समेत आयोजक रहेको कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुवोध सिंह, कार्यक्रम संयोजक कुवेरबहादुर थापा, सचिव रामसुन्दर राजवंशीलगायतले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget