
‟गत ६ गतेबाट निरन्तर रुपमा हामीले यातायात मजदुरका लागि यस वसपार्कमा विहान र बेलुका दुइ छाक खानाको व्यवस्था गर्दै आइरहेका छौ”, पूर्व नेपाल यातायात व्यवसायी संघका अध्यक्ष, राजन कंडेल भन्छन् । अध्यक्ष कंडेल थप्छन् ‟ चाहे हाम्रो मुलुकका विभिन्न स्थानबाट यहा अलपत्र परेका मजदुर हुन या मित्रराष्टबाट आएर अलपत्र परेका हुन हामीले सवैलाई खानाको व्यवस्था गरिरहेका छौ”। उनका अनुसार यस विषयमा नेपाल यातायात व्यवसायी राष्टिय महासंघलाई पटक पटक जानकारी गराउदा समेत महासंघ कानमा तेल हालेर बसेको छ । महासंघका पदाधिकारीलाई व्यवसायी र मजदुर भन्दापनि विभिन्न कार्यक्रममा सहभागिता जनाउदै फुर्सद नभएको उनी गुनासो पोख्छन् । खाना खुवाउने क्रममा करिब ५ दिन बंगलादेशबाट आएका १७ जनालाई बसपार्कमा नियमित खानाको व्यवस्था गरिएको जिफन्टका कोशी अञ्चल ईन्चार्ज किशोर धमला बताउछन् । उनका अनुसार बन्द केही दिनमात्र होला भनेर कार्यक्रम अघि बढाएका थियौ तर बन्द खुल्ने छाटकाट नदेखिएपछि खाना र खर्च पुराउन धौ धौ हुन थालेको छ । उनी भन्छन् ‟हालसम्म आफूहरुले कोष तथा दाताहरुबाट खर्च उठाइरहेको छौ” ।
यता, यस कार्यक्रममा प्रशासन कार्यालय मोरंगले पनि चासो नदिएको उनको बुझाइ छ । उनी भन्छन् ‟कार्यक्रमको सुरुवातमा प्रशासनले १ सय केजी चामल, २ कार्टुन खानेतेल, ४ बोरा च्युरा उपलब्ध गराएको थियो तर, चामल र च्युरा गुणस्तरहीन रहेको थियो” । ती गुणस्तरहीन खाद्यान्न प्रयोग भने आयोजकले नगरेको उनको भनाइ छ । धमला भन्छन् ‟विहान र बेलुका खानाका लागि दैनिक करिब ४ सय ५० यातायात मजदुर आउने गर्छन्” । जसका लागि दैनिक करिब ३० हजार रुपैयाको खर्च रहेको छ । यता, धादिंग निवासी लामोदुरीका एक चालक दलीय झैँझगडाको कारण सवै भन्दाबढि सडक क्षेत्र प्रभावित भएको छ । दैनिक काम गरी खाने यातायात मजुदरलाई बन्दले बढी प्रभावित बनाएको छ ।

बन्दका कारण रोजगारी गुमाएका लामो तथा छोटो दुरीको बस, माइक्रो, टक, मिनीबसका चालक तथा सहचालकलाई तथा यात्रुलाई समेत यसरी दैनिक रुपमा निःशुल्क रुपमा खाना खुवाउन थालिएको नेपाल यातायात मजदुर संघ मोरंगका सचिव बसन्त काफ्लेले जानकारी दिए । तथापी पछिल्लो समय भने बन्द लम्बिदै गएका कारण खर्च धान्न आफुहरुलाई गाह्रो परिरहेको उनले बताए । निःशुल्क खानाको लागि पूर्व नेपाल यातायात व्यवसायी संघ मोरंग, नेपाल रात्री तथा दिवा यातायात संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ लगायतले व्यवस्थापन गरेका हुन् ।

विराटनगरमा साउन २६ गतेदेखि यातायात तथा बजार बन्द रहेको छ र बन्द खुल्ने कहिले हो निश्चित हुन सकेको छैन । तीन साता लामो बन्दका बीच प्रशासनले यातायात सुचारु गराउन खासै पहल नगरेको मजदुरहरुको बुझाइ छ । पूर्व मेची, धरान लगायतबाट सवारी साधन निर्वाध चले पनि विराटनगरको सडकमा मात्र बन्दको प्रभाव परेको देखिन्छ ।
Post a Comment