Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सामुहिक बलात्कारको सजाय सुनाएकी मिनाक्षीको कथा

काठमान्डौ , भदौ १६।२३ वर्षीय मिनाक्षी कुमारी र उनकी १५ वर्षिया बहिनीमाथि कारबाही स्वरुप सामूहिक बलात्कार गर्ने तयारी थियो । उनीहरुका दाजु माथिल्लो जातकी केटी लिएर भागेपछि बदलाभाव स्वरुप उनीहरुमाथि यस्तो कारबाही हुन लागेको थियो ।

भारतको उत्तर प्रदेशस्थित बाघपात जिल्लाको गाउँ पञ्चायतले २३ वर्षिय मिनाक्षीकुमारी र उनकी १५ वर्षिया बहिनीलाई सामूहिक बलात्कारसँगै नांगै नगर परिक्रमा गराउने र कालोमोसो दल्ने निर्णय सुनाएको छ । निर्वाचन बिना नै गठन भएको गाउँ पञ्चायतले आफूखुसी यस्तो निर्णय सुनाएको एमनेस्टी इन्टरनेशनलले सार्वजनिक गरेको थियो । गाउँ पञ्चायतको निर्णयपछि त्रसित दुई दिदीबहिनी अहिले दिल्लीमा छन् । दलित समूदायका ति दुई दिदीबहिनी आफ्ना दाजू रविले माथिल्लो जातकी केटी भगाएपछि अन्यायमा परेका हुन् ।

गत फेब्रअरीमा हरियाणाका एक युवकसँग बिहे गरेकी माथिल्लो जातकी कृष्णा मार्चमा मात्रै रविसँग भागेकी थिइन् । त्यसपछि रुस्ट बनेका गाउँ पञ्चायतका सदस्यहरुले जुलाई ३१ मा बैठक डाकेर बदलास्वरुप रविका दुई बहिनीलाई बलात्कार गर्ने निर्णय गरे । गाउँ पञ्चायतको यस्तो निर्णयपछि त्रसित बनेको मिनाक्षीको परिवार घर छाडेर हिँडेको छ । मिनाक्षीका जेठा दाजू सुमित कुमारले एमनेस्टीसँग कुरा गर्दै जात भनिने उक्त समूदाय गाउँ पञ्चायतका शक्तीशाली सदस्य रहेको र उनीहरुले गर्ने निर्णय अन्तिम हुने बताए । गाउँ फर्किएको खण्डमा ज्यान जान सक्ने भन्दै अहिले उनको परिवार त्रसित छ । मिनाक्षीले आफ्नो सुरक्षाको माग गर्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेकी छिन् । त्यस्तै मिनाक्षीका बाबुले समेत माथिल्लो जातकी महिलाको परिवार तथा प्रहरीबाट अपमानित भएको भन्दै उजूरी गरेका छन् । उनीहरु अहिले आफ्नो सुरक्षासँगै माथिल्लो जातकी ती महिलाको सुरक्षालाई लिएर समेत चिन्तित छन् । उक्त महिलाको पेटमा रविको बच्चा रहेको मिनाक्षीको परिवारले बताएको छ । एमनेस्टी इन्टरनेशनलले यसअघि नै भारतीय अधिकारीहरुलाई दुई दिदीबहिनीको सुरक्षा गर्नका लागि ध्यानाकर्षण गराइसकेको छ ।

एमनेस्टीले अपिल गर्दै भनेको छ, अनिर्वाचित यस्ता गाउँ कमिटी भारतभरी छन् । सामाजिक व्यवहार तथा छलफलका लागि बनाईने यस्ता कमिटीमा अपवाद बाहेक माथिल्लो जातका जेष्ठ नागरिकहरुको वर्चश्व छ । यस्तो घृणित सजायँले कसैलाई न्याय दिन सक्दैन । यो निस्पक्ष होइन, यो सही होइन र यो कानून विपरित छ ।

त्रसित छिन् मिनाक्षी कुमारी

सामुहिक बालात्कारको सजाय सुनाएकी दुईमध्ये एक मिनाक्षीले यस्तो हिंसात्मक काम गर्ने गाउँलेहरुबाट त्रसित रहेको बताएकी छिन् । उनले गाउँबाट भागेर दिल्लीको गोप्य ठाँउमा आएपछि गाउँलेहरुले कसैलाई पठाएर यो कुकृत्य घटाउने डरले निद्रासमेत नलागेको बताउँछिन् । उनी भन्छिन्, मलाई निद्रा लागेको छैन । डरमै छ । हामी कसरी आफ्ना गाउँ घर फर्कने ?’
उनी भन्छिन्, यदी हामी गाउँ फर्कियौँ भने बलात्कार हुनसक्छ । आज नभए पनि भविष्यमा उनीहरुले हामीलाई छाड्ने छैनन् । गाउँलेहरुले जातभातको कुरा उठाउँदै बदलाभाव स्वरुप यस्तो काम गरेको उनीहरुको भनाई छ ।

यसअघि विवाहका क्रममा दिल्लीमा आफ्नो परिवारसँग रहेका दुई दिदीबहिनीलाई उनकै छिमेकीहरुले गाउँ नफर्कन भनेका थिए । गाउँ पञ्चायतले दुई दिदी बहिनीलाई सामूहिक बलात्कार गरेर नांगै घुमाई उनीहरुको अनुहारमा कालोमोसो दल्ने निर्णय सुनाएको जानकारी उनीहरुले छिमेकीमार्फत नै पत्ता पाए ।
२५ वर्षिय रविकुमारले २१ वर्षकी कृष्णालाई भगाएपछि उनका बहिनीहरुमाथि खतरा बढेको हो । कृष्णा माथिल्लो जातकी हुन् । यसअघि रविका दाजु सुमित कुमारले आफ्ना भाईलाई माथिल्लो जातकी केटीसँगको सम्बन्ध अन्त्य गर्न सुझाएका थिए । उनले माथिल्लो जातकी केटी भगाउँदा समाजबाट बहिस्किृत हुने बुझेरै यस्तो गरेका थिए । दुई वर्षअघि उत्तर प्रदेशमा रविले सञ्चालन गरेको कम्प्युटर क्लास सिक्न आएकी कृष्णासँग रविको परिचय भएको थियो । त्यसपछि उनीहरुले फोन नम्बर आदनप्रदान गरेर गोप्य ठाँउमा भेटघाट गर्दै आएका थिए । रविका बाबु धर्मपाल सिंहले यसको जानकारी पाएपछि रविलाई तुरुन्तै कृष्णासँग टाढा रहन भनेका थिए । रविले कृष्णासँग टाढा हुने कोसिस गरेपनि अन्नत उनीहरु एक्लै रमाउन सकेनन् । कृष्णाका बाबुआमाले उनका लागि केटा खोजेपनि उनले विवाह गर्न अस्विकार गरिन् । कृष्णाको परिवारले पटक पटक रविलाई चेतावनी दिदैँ आफ्नी छोरीलाई समेत कुटेको थियो । अन्त्यमा बाध्य भएर कृष्णाले हरियाणाका एक युवकसँग बिहे पनि गरिन् । तर उनी जर्बजस्ती गरिएको बिहेबाट खुसी हुन सकिनन् । त्यसपछि माइती आएकी कृष्णा र रविबीच फेरि सम्बन्ध सुरु भयो । यसअघि नै दुई पटक उनीहरु भागिसकेका थिए । तर दाजु सुमितले बताएअनुसार कृष्णाको परिवारले उनलाई फर्कायो । अहिले आफ्नो भाई र परिवारमाथि खतरा बढेको भन्दै दिल्ली पुलिसमा कार्यरत सुमित चिन्तित देखिएका छन् । यसअघि नै कृष्णाको परिवारले रवि डग्समा संलग्न भएको भन्दै पुलिसमा जाहेरी दिएको थियो । गत मेइमा प्रहरीले उनलाई पक्राउ गर्दै दिल्लीस्थित मेरुत जेलमा हालेको छ । छिमेकीहरुले गाउँमा खतरा रहेको बताएपछि सुमितका दुई दिदी बहिनी मिनाक्षीसहित सम्पूर्ण परिवार दिल्लीमा छ । उत्तर प्रदेशको बाघपतमा यो परियारको स्थायि घर छ । त्यस क्षेत्रमा झन्डै २ सय ५० दलित तथा ७ हजार माथिल्लो जातिका समूदाय बस्छन् ।
गाउँ पञ्चायतले बलात्कारको निर्णय सुनाएपछि सुमितको परिवारले त्यसको विरोधमा सर्वोच्च अदालतमा मुद्दा हालेको छ । त्यस्तै सुमितले प्रधानमन्त्री, उत्तर प्रदेशका मूख्य मन्त्री र मानवअधिकारवादी तथा जातिय अभियन्तालाई पत्र लेखेका छन् । जून २६ मा रविले जमानतमा रिहाई पाएपछि परिवारले उनी जेलबाहिर खतरामुक्त नरहने भन्दै रविलाई जेलमै राखेको छ । गाउँ पञ्चायतसँगै उत्तर प्रदेशको प्रहरीमाथि समेत मद्दा दायर गरिएको सुमित पक्षका वकिलले बताएका छन् । उनीहरुले न्यायका लागि लडाँई लड्ने र अन्नत न्याय पाएपछि मात्रै घर फर्कने योजना बनाएका छन् । सञ्चारमाध्यममा यस्तो विषय प्रकाशमा आएपछि अहिले स्थानिय नेता समेत यस घटनामा चासो दिन थालेका छन् ।

मिनाक्षीको परिवारका तर्फबाट मुद्दा लड्न लागेका राहुल त्यागी भन्छन्, हामीले सबैतीर कारबाहीका लागि अनुरोध गरेका छौँ । तर अहिलेसम्म केही भएन । त्यसैले हामी सर्वोच्च अदालतमा छौँ । हाम्रा केही माग छन् । कसैले ती
केटीलाई देखेको छैन् । त्यसैले अदालतमा मुद्दा चल्नुअघि उक्त केटीलाई भेटाउनुपर्यो त्यसपछि मात्रै हामी उनको सुरक्षा र स्थितीका विषयमा विश्वस्त गराउन सक्छौँ । हामीले केटामाथि लागेको आरोपका विषयमा निस्पक्ष छानविनको माग गरेका छौँ । त्यस्तै दलित परिवारलाई तनाव दिएको विरोधमा यूपि पुलिसमाथि पनि मुद्धा दर्ता गर्नु जरुरी छ । सुरक्षा दिएर उक्त परिवारलाई गाउँ फर्काउनुपर्छ ।
अहिले यस विषयमा झन्डै १ लाख ७५ हजारको हस्ताक्षर सहित भारतभरी अभियान चलेको छ । वकिल राहुल त्यागी सर्वोच्च अदालतले यस्तो विषयलाई गम्भिरताका साथ लिने बताउँछन् । उनले देशको न्यायिक व्यवस्थामा विश्वास र भरोसा रहेको बताए ।

मिनाक्षीले गत मेइपछि कसैले पनि कृष्णालाई नदेखेको बताइन् । अहिले कृष्णाले रवि र उनका दाजूले १० दिनसम्म थुनेर जर्बजस्ती बलात्कार गरेको अभियोग आरोप लगाएको बताइएको छ ।

मिनाक्षी भन्छिन्, उनी अहिले मेरा जेठा दाजू सुमित र रविले १० दिनसम्म बलात्कार गरेको आरोप लगाउँदैछिन् । उनले दिल्लीमा जागिर लगाइदिने बताएर रविले दिल्ली ल्याएको र त्यसपछि रवि र पुलिसमा कार्यरत दाई सुमितले जर्बजस्ती गरेको आरोप लगाएकी छिन् । तर कृष्णामाथि उनको परिवारले दबाब दिएको छ । मलाई थाहा छ उनी मेरो दाजुलाई निकै माया गर्छिन् । कसैलाई माया गर्नु नराम्रो होइन । तर उनी माथिल्लो जातकी हुन् र हामी अछुत हौँ । जहाँ जातको कुरा आउँछ त्यहाँ समस्या हुन्छ र यो सबै जातका कारण भएको हो । तर मायामा कुनै जात हुदैँन ।

– एजेन्सीको सहयोगमा
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget