
३२५ वटा मालवाहक गाडी सुरक्षित स्कटिङ
मोरङ, १६ भदौ । २० दिनको लगातारको बन्दका कारण रोकिएर रहेका १७२ वटा सवारी साधन गए राती स्कर्टिङ गरी सुनसरी तिर पठाएको मोरङ प्रहरीले जनाएको छ ।त्यसै गरी ११८ वटा मालवाहम सवारी साधनलाई मोरङमा भित्र्याएको जनाएको छ ।
बुधवार विहान १ बजे सम्म सवारी साधनहरुलाई सुरक्षित साथ सिमा वार पार गराईएको प्रहरीले जनाएको छ । ३५ वटा सवारी साधन जोगवनी नाका बाट भारत तिर पठाएकोे र नेपालमा ल्याईदै गरेका ५७ वटा सवारी साधनलाई रानी भन्सार कार्यालयमा सुरक्षित साथ राखिएका जानकारी मोरङका प्रहरी नायव निरिक्षक प्रमोद खरेलले दिनुभएकोे छ ।

Post a Comment