Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

जापानमा १०० वर्ष उमेरका नागरिकको सङ्ख्या ६० हजार नाघ्यो

टोकियो, २५ भदौ । जापानमा १०० वर्ष उमेर पुगेका नागरिकको सङ्ख्या ६० हजार नाघेको समाचारमा जनाइएको छ ।
प्राप्त समाचारमा बृद्धबद्धाहरुको स्याहार सुसारका लागि आवश्यक सामाजिक सुरक्षाका क्षेत्रमा ठूलो धनराशी खर्च हुने गरेको समस्या भोगिरहेको बताइएको जापानका लागि यो नयाँ तथ्याङ्क थपिएको छ । 100-year-old-man japan
पहिलो पटक जापानमा बृद्धहरुको जनसङ्ख्या यतिधेरै देखिएको समाचारमा जनाइएको छ । अझ अर्काे हप्तासम्ममा यो सङ्ख्या बढेर ६१ हजार ५६८ हुने बताइएको छ ।
जापानको समाजकल्याण मन्त्रालयले दिएको जानकारीअनुसार यस जनसङ्ख्यामा महिलाको सङ्ख्या ८७ प्रतिशत रहेको छ ।
जापानले सेप्टेम्बर १५ लाई ज्येष्ठ नागरिक दिवस मनाउने गर्छ । त्यस दिन जापान सरकारले यस वर्ष १०० वर्ष पुगेका नागरिकलाई प्रमाणपत्र दिने गर्छ ।
जापानी समाजकल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार यसवर्ष १०० वर्ष पुगेका नागरिकको सङ्ख्या ३० हजार ३७९ रहेको छ ।
उनीहरुलाई यही सेप्टेम्बर १५ मा सरकारले प्रमाणपत्र दिने गर्छ । त्यस दिन सो मन्त्रालयले जापानी ज्येष्ठ नागरिक दिवससम्बन्धी सूचनाहरु पनि सार्वजनिक गर्नेगर्छ ।
त्यस दिन प्रत्येक ज्येष्ठ नागरिकलाई जापान सरकारले ६५ अमेरिकी डलर बराबरको चाँदीको थाली दिने गर्दछ । तर सरकारले आगामी वर्षदेखि भने त्यो भन्दा पनि सस्तो विकल्प खोज्ने जनाएको छ ।
जापानमा ज्येष्ठ नागरिकको जनसङ्ख्या प्रतिदिन बढ्दै गएकोले अबका वर्षहरुमा त्यो भन्दा पनि सस्तो विकल्प खोज्ने जनाएको हो ।
यो प्रचलनको सुरुवात सरकारले सन् १९६३ देखि गरेको हो । त्यसवर्ष सय वर्ष नाघेका नागरिकको सङ्ख्या १५३ जना मात्र थियो ।
तर पछिका वर्षहरुमा सो सङ्ख्या बढ्दै गएपछि भने सरकारका लागि महङ्गो पर्न गएको अधिकारीहरुले जनाएका छन् ।
सन् २०१४ मा आइपुग्दा भने यो उमेरका नागरिकको सङ्ख्या ३० हजार भन्दा बढी थियो । गतवर्ष सो थाली वितरणका लागि २१ लाख अमेरिकी डलर बराबरको रकम खर्च भएको थियो ।
जापानमा सामान्यतया पुरुषको औषत आयु ८० वर्ष रहेको छ । तर महिलाको भने ८६ वर्ष छ ।
महिलाको यो औषत आयु संसारकै सबैभन्दा बढी हो । पछिल्लो समयमा आएर जापानमा पुरुष भन्दा महिलाको आयु अनपेक्षित रुपमा बढेको हो ।
जापान विश्वकै सबैभन्दा जेठा नागरिकको घर पनि हो । संसारका सबैभन्दा जेठा नागरिक यासुतारो कोइदा ११२ वर्षका हुनुहुन्छ ।
उहाँ यही मार्च महिनादेखि ११२ वर्षमा प्रवेश गर्नुभएको हो । यसअघि संसारकी ज्येष्ठ महिला पनि जापानमा नै हुनुहुन्थ्यो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget