Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भेनेजुएलाका विपक्षी नेतालाई १४ बर्षको जेल सजाय

काराकस, २५ भदौ । भेनेजुएलाका विपक्षी नेता लोपोल्डो लोपेजलाई करिब १४ वर्षको जेल सजाय सुनाइएको समाचार छ ।
उहाँलाई शुक्रबार १३ बर्ष ९ महिनाको जेल सजाय सुनाइएको उहाँका वकिल राबेर्टो मर्रेरोले जानकारी दिनुभएको छ ।
संयुक्त राज्य अमेरिकामा अध्ययन गरेका अर्थशास्त्री लोपेजलाई सन् २०१४ को फेब्रुअरीबाट नै यहाँको सैनिक जेलमा राखिएको जनाइएको थियो ।
उहाँ भेनेजुएलाका एकजना प्रसिद्ध अर्थशास्त्री पनि हुनुहुन्छ । उहाँलाई सुनाइएको सो जेल सजायको देशव्यापी रुपमा नै व्यापक मात्रामा विरोध भइरहेको पनि बताइएको छ ।
लोपेजका वकिल मर्रेरोले ट्वीटर एकाउन्टमा लोपेजलाई रमो भेर्डे सैनिक जेलमा राखिएको जनाएका छन् ।
सो सजाय सुनाइएपछि ४४ बर्षीय लोपेजका समर्थक र सरकार समर्थकबीच अदालत भवनबाहिर झडप भएको जनााइएको छ ।
लोपेजका समर्थकहरुका अनुसार सो झडपको कारण लोपेजका एक समर्थकको मृत्यु भएको छ । तर यस मृत्युको स्वतन्त्र पुष्टि भने भएको छैन ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget