Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बालउद्यान निर्माण गर्दै बालबालिका

मोरङ, १७ भदौ । केराबारी गाविसका बालबालिकाले बालउद्यान निर्माण सुरु गरेका छन् ।

केराबारी बाल सञ्जालका अध्यक्ष रबिन सापकोटाका अनुसार बालबालिकाको पठनपाठन सहज बनाउनका लागि पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले केराबारी–९ का बालबालिकाले बाल उद्यान निर्माण सुरु गरेका हुन् ।

जिल्ला वन कार्यालयको अनुमतिमा स्थानीय बालबालिका र अभिभावकको सहयोगमा करिब दुई बिगाहा क्षेत्रफलमा बाल उद्यान निर्माण सुरु गरिएको हो । केराबारी बाल सञ्जाल र स्थानीय समाजसेवी रमेशजङ्ग रायमाझीको आर्थिक सहयोगमा सो बाल उद्यान बन्न लागेको केराबारी बाल सञ्जालका अध्यक्ष रविन सापकोटाले बताउनुभयो ।

सुरुसुरुमा केटाकेटीले के गर्लान् र भनेर कसैले नपत्याएको तर एक हजार पाँच सय बिरुवा रोपेपछि सबैले सहयोग गर्न थालेको अध्यक्ष सापकोटाले बताउनुभयो । सो उद्यानका लागि धुपी, अशोक, कपुर, रुद्राक्ष, अघोरी सल्ला लगायतका बिरुवा लगाइएको छ । बाल क्लबले साप्ताहिक रुपमा स्थानीय बजारसमेत सरसफाइ गर्दै आएको जानकारी अध्यक्ष सापकोटाले दिनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget