Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भूकम्पमा बेपत्ता परिवारले चार महिनापछि राहत

खोटाङ, २५ भदौ । गत वैशाख १२ गतेको भूकम्पमा परी बेपत्ता बनेका खोटाङ च्यास्मिटार–२ का सेतीबहादुर राईको परिवारले चार महिनापछि राहत पाएका छन् ।

मजदुरीको सिलसिलामा सिन्धुपाल्चोक पुगेको समयमा भूकम्पमा परी बेपत्ता बनेका राईको मृत्यु भएको पुष्टि भएपछि मृतकका परिवारलाई रु एक लाख राहत र ४० हजार किरिया खर्च उपलब्ध गराएको जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो ।
भूकम्पमा बेपत्ता सेतीबहादुरको उद्धारका लागि खोजी गर्दासमेत फेला नपरेकाले सिन्धुपाल्चोक प्रशासन र प्रहरीले मृत्यु भएको पुष्टि गरेर पत्राचार गरेपछि मृतक परिवारलाई बुधबार राहत रकम उपलब्ध गराएको हो ।

च्यास्मिटार–२ घर भई च्यास्मिटार–५ मा बस्दै आएका सेतीबहादुरको नौजनाको परिवार छ । घटनालगत्तै श्रीमती र छोरा आफन्तसहित सेतीबहादुर पुरिएको ठाउँमा दुईपटक खोजीका लागि पुगेका थिए । भूकम्पपछि पहिरोमा पुरिएका सेतीबहादुरको शव पहिरो पन्छाएर निकाल्न सकिने अवस्था नभएपछि उनीहरु माया मारेर फर्केका थिए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget