Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कपिलवस्तु जिल्ला अदालत तीन सातादेखि न्यायाधीशविहीन

कपिलवस्तु, २३ साउन । कपिलवस्तु जिल्ला अदालत तीन साता बित्दासम्म पनि न्यायाधीशविहीन बनेपछि अदालतमा कानुनी सेवा लिन आएका सेवाग्राही मर्कामा परेका छन् । गत असार अन्तिम साता अदालतमा रहेका पाँचैजना न्यायाधीशको एकै पटक सरुवा भएपछि साउनको सुरुदेखि नै अदालत न्यायाधीशविहीन बनेको हो । सरुवा भएका न्यायाधीश रमाना लिएर गइसकेका छन् । अन्य जिल्लाबाट सरुवा भई आउने न्यायाधीश भने आजसम्ममा पनि हाजिर हुन नआएको अदालत प्रशासन शाखाले जनाएको छ । अदालतमा न्यायाधीश नहुँदा साउन १ देखि नै कुनै पनि मुद्दाको पेसीसमेत नहेरिएको अदालतका कर्मचारी बताउँछन् । मिलापत्र गर्न पर्ने मुद्दा र मुद्दा दर्ताको अनुमतिसमेत रोकिएको छ । यस्तै न्यायाधीश नहुँदा विभिन्न किसिमका मुद्दाबाट भएका सम्पत्ति रोक्का र फुकुवा सम्बन्धी कार्य पनि अघि बढ्न सकेको छैन । सबैभन्दा बढी थुनुवा मुद्दाका अभियुक्त मर्कामा परेका छन् । गत साउन १ गतेदेखि कुनै तारेखसमेत नचढेको अदालतका कर्मचारीको भनाइ छ । जिल्ला बार एसोसिएसनका अध्यक्ष हुमनाथ पाण्डेले लामो समयदेखि अदालत न्यायाधीशविहीन हुनु दुःखद भएको बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget