Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

इलाममा राजस्वमा छुट दिन थालेपछि जग्गामा लक्षित वर्गको पहुँच वृद्धि

इलाम, २३ साउन । मालपोत कार्यालय, इलामले जग्गा पास गर्दा लाग्ने राजस्व छुट दिन थालेपछि जग्गामा लक्षित वर्गको पहुँच वृद्धि हुन थालेको छ ।

महिला, दलित र वृद्धवृद्धा गरी दुई हजार ११९ जनालाई गत आर्थिक वर्षमा रु ६४ लाखभन्दा बढी छुट दिएको सो कार्यालयले जनाएको छ । मालपोत कार्यालयका खरिदार अमृत कुँवरका अनुसार ग्रामीण क्षेत्रमा रु २९ लाख २९ हजार ५२० र सहरी क्षेत्रमा रु ३५ लाख १३ हजार ५५७ गरी रु ६४ लाख ४३ हजार २७७ छुट दिइएको हो ।

यसैगरी जिल्लामा हाइड्रोपावर निर्माण कार्यलाई थप प्राथमिकता दिन सरकारले हाइड्रोपावरलाई समेत जग्गा पास गर्दा लाग्ने राजस्वमा ७५ प्रतिशत छुट दिँदै आएको छ । ग्रामीण क्षेत्रका ४९ वटा हाइड्रोपावरलाई रु आठ लाख तीन हजार ५६४ र सहरी क्षेत्रमा निर्मित एउटा हाइड्रोपावरलाई रु ८८ हजार २० छुट दिएको हो ।

मालपोत कार्यालयले ग्रामीण क्षेत्रमा महिला, दलित, वृद्धवृद्धा, सहिद परिवार, अपाङ्गलाई ३० प्रतिशत र सहरी क्षेत्रमा २५ प्रतिशत छुट दिँदै आएकामा चालु आवदेखि भने सबैलाई २५ प्रतिशत छुट दिन थालिएको जानकारी प्रमुख मालपोत अधिकृत ठाकुरप्रसाद सिग्देलले दिनुभयो । जग्गा आफ्नो नाममा पास गराउँदा राजस्व छुट पाइन्छ भन्ने अझै ग्रामीण क्षेत्रका महिला, दलित, अपाङ्गमा जनचेतना अभाव देखिएको सिग्देल बताउनुहुन्छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget