Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हतियारधारी भनी गोली चलाउदा

 

श्रीनगर (भारत प्रशासित काश्मिर), २० साउन ।

भारत प्रशासित काश्मिरमा सङ्कास्पद हतियारधारी ठानेर सेनाले गोली चलाउदा अर्काे सैनिक समूहका दुई सैनिक मारिएका छन् ।
सो गोली काण्डमा परी दवैतर्फका चारजना सैनिक घाइते भएका पनि समाचारमा जनाइएको छ । यसलाई काश्मिरस्थित भारतीय सैनिकले भुलबस हुन पुगेको घटनाका रुपमा लिएको छ ।
बुधबार काश्मिरस्थित सेनाले दिएको जानकारीअनुसार सो गोलीकाण्ड मङ्गलबार राति हुन पुगेको छ । उक्त दुर्घटना काश्मिरको पुलवामा जिल्लामा भएको अधिकारीले जनाएका छन् ।
पुलवामा जिल्लाको नुरपुरा नगरमा भएको सो दुर्घटनाको भारतीय सैनिकले पुष्टि गरेको र अनुसन्धान सुरु गरेको जनाएको छ । रातिको समयमा ड्युटीमा रहेका दुई सैनिक समूहमध्ये एकले अर्काेमाथि गोली चलाएको थियो ।
प्रहरीकाअनुसार सैनिकको एक समूहले विद्युतीय धराप थापेको र सोही बाटो भएर आएको अर्काे समूहका ड्युटीका सैनिकलाई सङ्कास्पद हतियारधारी ठानेर गोली चलाउदा सो दुर्घटना भएको हो ।
प्रहरीले दुवैतर्फका सैनिकले नै एक अर्काे समूहमाथि गोली चलाएका थिए । सो गोली लागेर उक्त समूहमा रहेका चार जना घाइते पनि भएका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget