Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नेपाली काँग्रेसद्वारा प्रधानप्रति समवेदना

काठमाडौँ, २० साउन । नेपाली काँग्रेसले पूर्वसांसद तथा पार्टीका नेता सूर्यप्रसाद प्रधानको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

मुख्यसचिव ऋषिकेश तिवारीले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रधानको निधनबाट एक कुशल सङ्गठनकर्तालाई गुमाउनुपर्दा पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दैै काँग्रेसको सङ्गठनमा उहाँले पु¥याउनुभएको योगदान सदा स्मरणीय रहिरहनेछ भनिएको छ ।

नेपाली काँग्रेसका पूर्वसांसद प्रधानको ७६ वर्षको उमेरमा आज बिहान ५ बजे उपचारका क्रममा निधन भयो ।

स्व प्रधान उच्च रक्तचाप र मधुमेहको बिरामी हुनुहुन्थ्यो । श्वासप्रश्वासमा समस्या भएपछि मङ्गलबार राति लुम्बिनी अञ्चल अस्पतालमा उहाँलाई उपचारका लागि लगिएको थियो ।

स्व. प्रधान २०५६ को आम निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसैगरी संविधानसभाको निर्वाचन २०६४ र २०७० मा उहाँ रुपन्देही निर्वाचन क्षेत्र नं ४ को उम्मेदवार हुनुहुन्थ्यो ।

नेपाली काँग्रेसको महासमिति सदस्यसमेत रहनुभएका स्व. प्रधानले पार्टीको विभिन्न तहमा रहेर प्रजातन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

विसं १९९७ असोज १३ गते पर्वतको पाङ्मा जन्मनुभएका स्व. प्रधानको श्रीमती र एक छोरी हुनुहुन्छ ।

यसैबीच पार्टी नेता तथा वरिष्ठ समाजसेवी प्रधानको निधनप्रति नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

उपसभापति पौडेलले हस्ताक्षर गरी आज जारी गर्नुभएको विज्ञप्तिमा पार्टी सङ्गठन तथा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा प्रधानले निर्वाह गर्नुभएको भूमिका सदैव स्मरणीय रहने उल्लेख गर्दै प्रधानको निधनबाट पार्टीलाई ठूलो क्षति भएको भनिएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget