Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सिर्दिवाससम्म मोटरबाटो खुलाउने तयारी

गोरखाबजार, ९ भदौ । जिल्ला दैवीप्रकोप उद्धार समिति गोरखाले उत्तरी भेगको सिर्दिवास गाविससम्म सडक पु¥याउनेबारे गृहकार्य सुरु गरेको छ ।

अहिले गुम्दा गाविसको यममगाउँ र थुमी गाविसको हावाडाँडासम्म सडक पुगेको भन्दै समितिले थप नयाँ सडक ट्र्याक खुलाउन पहल सुरु गरेको हो ।

जिल्लास्थित सडक कार्यालयले बारपाक–लाप्राक हुँदै यस वर्ष गुम्दाको यामगाउँसम्म सडक खनेको थियो । सो सडकलाई गुम्दा गाविसको माछाखोलासम्म झार्ने र सिर्दिवाससम्म पु¥याउनेबारे पहल गरिएको समितिका संयोजक तथा गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले जानकारी दिनुभयो ।

“सिर्दिवाससम्म सडक पहुँच नहुँदा स्थानीयवासीले दुःख, कष्ट भोग्नुपरेको छ” उहाँले भन्नुभयो, “खाद्यान्नलगायत सामग्री ढुवानी गर्न पनि कठिन भएपछि सडक खोल्ने प्रक्रिया अघि बढाएका छौँ ।”

जिल्लास्थित सडक कार्यालय र जिल्ला विकास समितिसँग समन्वय गरी सडक खुलाउन तयारी गरिएको प्रजिअ तिमल्सेनाको भनाइ छ ।

यसअघि सडक खुलाउन जिल्ला विकास समितिले रु ९० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटले लाप्राक–गुम्दा सडकको नयाँ ट्र्याक खोलिएको हो । साथै बूढीगण्डकी किनार–किनार मोटरबाटो खोल्न जिल्लास्थित सडक कार्यालयले रु दुई करोड बजेट विनियोजन गरे पनि काम नभई बजेट ‘फ्रिज’ भएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget