Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

लिम्बुवान राज्यमाग्दै धरानको भानुचौक कब्जा

इटहरी ९ भदौ – अरुण पूवृको नौ जिल्लालाई स्वायत्त लिम्बुवान राज्यको माग गर्दै संघिय लिम्बुवान पार्टी नेपाल लगायत लिम्बुवान संघर्ष समिति र लिम्बुवादी संघसंस्थाहरुले बुधबारबाट धरानको सडक कब्जामा लिएका छन । आफनो अधिकार प्राप्तीको लागि जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताउदै आएको लिम्बुवान संघर्षसमितिले शान्तिपुर्ण आन्दोलनबाट सरकारले माग सम्बोधन नगरेको भन्दै बुधबारबाट अरुण पूर्वको नौ जिल्लालाई लिम्बुवान राज्य घोषणा नगरे सम्म सडक कब्जा अभियान चलाउने भएको छ ।
आन्दोलनरत लिम्बुवान संघर्षसमितिका पदाधिकारीहरुले बुधबार धरानको भानुचौकमा घेराहाली सडक कब्जा गरेको घोषणा गरेका छन । सो समितिले शान्तिपुर्ण तरीकाले आफनो अधिकार सरकार समक्ष माग्दा कुनै सम्बोधन नगरे आगामी दिनमा अनिश्चितकालीन सडक जाम र आमहडतालमा उत्रन बाध्य हुने बताएका छन ।
धरानबाट सुरु भएको आन्दोलनका कार्यक्रमहरु बिस्तारै अरुणपूर्वको नौजिल्लाहरुमापनि सुरु गरीने तयारी भइरहेको लिम्बुवान आन्दोलनलाई उदृढ गर्दै संघिय लिम्बुवान पार्टी नेपालका संयोजक कुमार लिङदेनले बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget