Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

थारु कल्याणकारिणीसभा र आम मूल निवासी मुक्तिमोर्चा नेपालबीच कार्यगत एकता

लहान, ९ भदौ । थारु कल्याणकारिणीसभा र आम मूलनिवासी मुक्तिमोर्चा नेपालबीच आज कार्यगत एकता भएको छ ।

सभा र मोर्चाका पदाधिकारीको सप्तरीको कदमाहामा सम्पन्न संयुक्त बैठकले कार्यगत एकता गरी जारी अधिकार प्राप्तिको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो ।

कार्यगत एकताबारे जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सभा र मोर्चाका नेताले दुवै सङ्गठनको मुद्दामा एकरुपता भएकाले आन्दोलनलाई सशक्त बनाउन कार्यगत एकता गरेको बताएका छन् ।

थारु कल्याणकारिणीसभाका केन्द्रीय सदस्य उचितनारायण चौधरीले तराई मधेसमा तीनवटा प्रदेश बनाइनुपर्ने, संविधानमा धर्म निरपेक्षता कायम राख्नुपर्ने, उत्पीडित समुदायलाई समानुपातिक आरक्षण दिनुपर्नेलगायतका मुद्दामा एकरुपता रहेकाले दुवैबीच कार्यगत एकता भएको बताउनुभयो ।

पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुर मिलाएर एकप्रदेश, धनुषादेखि नवलपरासीसम्म अर्काे प्रदेश र रुपन्देहीदेखि कैलालीसम्म तेश्रो प्रदेश गरी तराईमा तीन प्रदेश हुनुपर्ने आफूहरुको अडान रहेको उहाँको भनाइ थियो ।

सोही पत्रकार सम्मेलनमा आम मूलनिवासी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष झवरप्रसाद रामले आन्दोलनमा सहकार्य गर्ने अवधारणअनुसार आफूहरुले थारु कल्याणकारिणीसभासँग कार्यगत एकता गरेको उल्लेख गर्दै अधिकार नमिलेसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।

कार्यगत एकतासँगै जारी थारु कल्याणकारिणीसभाको आन्दोलनमा आफ्ना सम्पूर्ण शक्ति परिचालन गरिने उहाँले बताउनुभयो ।

मोर्चाका कार्यकर्ताद्वारा प्रहरी विटमा आगजनी

संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज सिरहाको कल्याणपुर बजारमा रहेको नेपाल प्रहरी विटमा आगजनी गरेका छन् ।

आम हडताल सफल बनाउन बजार बन्द गराउँदै हिँडेका प्रदर्शनकारीले कल्याणपुर बजारमा बनाइएको प्रहरी विटमा आगजनी गरेको स्थानियवासीले बताएका छन् ।

आगजनीबाट प्रहरी विट पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

यसैगरी संयुक्त मधेसी मोर्चा र थारु कल्याणकारिणीसभाले आह्वान गरेको आमहडतालका कारण आज १२औँ दिन पनि सिरहाको जनजीवन प्रभावित भएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget