Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पूर्वाञ्चल बन्द

विराटनगर, २२ साउन /

संविधानमा हिन्दूराष्ट्र कायम गर्नुपर्नेसहित तीनबुँदे माग राख्दै शुक्रबार वैदिक सनातन हिन्दूराष्ट्र नेपाल संयुक्त संघर्ष समितिले पूर्वाञ्चल बन्द गराएको छ । बन्दका कारण यातायात, कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, पसल, विद्यालय, कलेज बन्द हुँदा पूर्वाञ्चलको जनजीवन प्रभावित भएको छ । समितिले संविधानमा हिन्दूराष्ट्र कायम हुनुपर्ने, गौवंश हत्या संविधानमा नै निधेष गर्नुपर्ने र धर्म परिवर्तन संविधानमा नै निषेध गर्नुपर्ने माग गर्दै आज एकदिनका लागि पूर्वाञ्चल बन्द गराएको हो । संघर्ष समितिका पूर्वाञ्चल संयोजक राजेन्द्र पोखरेलले बन्द हड्ताल नगरी सरकारले नदेख्ने र नबुझ्ने गरेकाले बन्दको विकल्प अपनाउन बाध्य भएको बताउनुभएको छ । उहाँले आफूहरुले दुई सातादेखि नियमित शान्तिपूर्ण प्रदर्शन गरिरहे पनि कुनै सुनवाइ नगरेकाले पूर्वाञ्चल बन्द आह्वान गरिएको बताउनुभयो । बन्दका कारण यातायात नचल्दा यात्रुहरु अलपत्र परेका छन् भने परीक्षा सञ्चालन भइरहेका विद्यालयका विद्यार्थीहरुसमेत बन्दका कारण प्रभावित बनेका छन् । संघर्ष समितिको नेतृत्वमा हिन्दूवादीहरुले दुई सातादेखि इटहरीमा दैनिक प्रदर्शन र चक्काजाम गर्दै आएका छन् ।

संविधानमा हिन्दू राज्यको माग गर्दै शुक्रबार सुनसरी सदरमुकाम इनरुवा बन्द गरेको छ । बन्दका कारण इनरुवा बजार पूर्ण रुपले बन्द भएको छ भने लामो तथा छोटो दूरीका सवारीसाधनसमेत चल्न सकेको छैनन् । यता सङ्घीय प्रदेशमा कैलालीलाई टुक्र्याएर अन्य प्रदेशमा गाभ्न लागिएको भन्दै त्यसको विरोधमा आजबाट अनिश्चितकालीन सुदूरपश्चिम बन्दको आह्वान गरिएको छ । अखण्ड सुदूरपश्चिम पक्षधरको आह्वानमा भएको बन्दको कारण यातायात, उद्योग–व्यवसाय, शैक्षिक संस्था ठप्प हुँदा जनजीवन प्रभावित भएको छ ।

अखण्ड सुदूरपश्चिम पक्षधरले बन्दको आह्वान गरेपछि कैलाली जिल्लास्थित नेपाली काँग्रेस, नेकपा (एमाले), एमाओवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलले बिहीबार संयुक्त रुपमा विज्ञप्ति प्रकाशत गरी सङ्घीयतामा अखण्ड सुदूरपश्चिम एक प्रदेश हुनुपर्ने माग गर्दै बन्दलाई ऐक्यबद्धता जाहेर गरेका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget