Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हरियालि बनाउदै तरहरा बजार

पवन अधिकारी
इटहरी, २२ साउन । साबिक हासपोसा गाबिस हाल इटहरी उपमहानगरपालिकामा तरहरालाइ पनि प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्ने अभियानको सुरुवात गरिएको छ । उद्योग बाणिज्य संघ सुनसरी उपशाखा,उद्योग बाणिज्य संघ इटहरी,इटहरी उपमहानगरपालिका र तरहरामा रहेका सम्पुर्ण राजनैतिक दल एवम यहा क्रियाशिल बिभिन्न संघ सस्थाको अगुवाइमा तरहरालाइ प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्ने अभियान सुरुवात गरिएको हो । सो क्रममा उद्योग बाणिज्य संघ हासपोसा उपशाखाको अगुवाइमा तरहरा बजारमा बृहत रुपमा प्लाष्टिक झोलालाइ निस्तेज गर्नका लागि अर्को कपडाको शुरक्षित झोलाको बितरण समेत गरिएको संघका अध्यक्ष केशबराज गिरी (सुमन)ले बताए ।
साबिक हासपोसा गाबिस हाल इटहरी उपमहानगरपालिकाका सम्पुर्ण वडाहरुलाइ आगामी भदौ १ गतेबाट लागु हुने गरि प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्ने जनाइएको छ । यस अघि केहि बर्ष अघि इटहरी नगरपालिका हुदा इटहरीका ९ ओटै वडाहरुलाइ प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिसकिएको छ । इटहरी नगरपालिका हासपोसा,खनार,एकम्बा र पकलीलाइ समेटेर उपमहानगरपालिका घोषणा भएसंगै पहिलो पटक साबिक हासपोसा गाबिसका सम्पुर्ण वडाहरुलाइ प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्न लागिएको उद्योग बाणिज्य संघ हासपोसाका अध्यक्ष गिरीले बताए । उनले भदौ १ गतेबाट पुर्ण रुपमा प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्न सबै प्रतिबद्ध भएको कारण अब यस क्षेत्रले पनि बिकाशको गतिमा नया रुप लिने दाबि गरेका छन ।

झोला बितरण कार्यक्रममा उद्योग बाािण्ज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसाइले सबै जना ब्यापारीहरु एक जुट हुन सकेमा मात्र ब्यापार ब्यावसायको बृद्धि गर्न सकिने तर्क गरेका छन । उनले इटहरी उपमहानगरपालिका संग समेटिएको हासपोसालाइ हरितनगरी बनाउने अभियनामा सबै एकजुट हुनुपर्ने बताए । कार्यक्रममा इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिृकत पशुपति खतिवडाले उद्योग बाणिज्य संघ अघि सारेका सम्पुर्ण मुद्धाहरु बिकाशका लागि सकारात्मक भएका कारण सबैले साथ दिनुपर्ने कुरामा जो्ड दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खतिवडाले स्थानियको चाहना अनुसार इटहरी उपमहानगरपालिकाले काम गर्ने भएका कारण पुर्ण बिकाश निर्माणका सवालमा पुर्ण रुपमा समर्पित भएर लाग्न स्थानियलाइ आग्रह समेत गरेका छन ।
साबिक हासपोसा गाबिसमा हाल हप्तामा २ पटक सोमबार र बिहिबार स्थानिय बजार लाग्ने गरेको छ । सो बजारमा समेत प्लाष्टिकको अत्याधिक प्रयोग हुने र तरहराका बजारमा समेत प्लाष्टिकको निकै प्रयोग हुने गरेका कारण यसलाइ निशेधित क्षेत्र घोषणा गर्न लागिएको अध्यक्ष गिरीको भनाइ छ । सोहि क्रममा तरहराका मुख्य बजारमा रहेका ब्यापारीहरुलाइ १० पिसका दरले झोला समेत निशुल्क बितरण गरिएको थियो ।

प्लाष्टिक भेला रहित शहर हाम्रो अभियान, स्वच्छ सफा हरित नगरी हासपोसाको पहिचान भन्ने मुल नाराका साथ बिकाशका अभियानहरु सुरु गरिएको संघका बरिष्ठ उपाध्यक्ष शुदर्शन खडकाले बताए ।  ऋभियानको दोस्रो चरणमा तरहरा बजारका सडक पेटिहरु पुर्ण रुपमा खालि गर्ने निर्णय बताइएको छ । सडकका दुबै पटिका भागहरुमा बजार बाहेकका अन्य दिनमा समेत बजार लगाएझै सामान अगाढि राखेर बिक्रि गर्ने गरेका कारण यसलाइ पनि पुर्ण रुपमा हटाउने अभियान चलाउन लागिएको संघले जनाएको छ ।

यस्तै आगामी भदौ ५ गतेबाट प्रत्येक शनिबार तरहराका सम्पुर्ण बजार पसल बन्द गर्ने,बजारका दिन म्याद गुज्रेका सामान बेचबिखन गर्ने र नापतौलमा समेत ठगि गर्ने गरेको पाइएका कारण अनुगमन गर्ने कार्यक्रम पनि उद्योग बाणिज्य संघ हासपोसा उपशाखाले ल्याएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget