महिला नागरिक समाज मोरङले महेन्द मोरङ आदर्श बहूमुखि क्याम्पसको प्राङगणमा एक कार्यक्रम गरी आई लभ मधेश लेखिएको भेष्ट वितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी मधेश पत्रकार समाजका अध्यक्ष श्याम सुन्दर सुन्दर सुतिहारले महिला नागरिक समाजका अध्यक्ष आशा झालाई भेष्ट प्रदान गरी कार्यक्रम उद्यघाटन गनुभएको थिए ।
प्रमुख अतिथी सुतिहारले आई लभ मधेश लेखेको भेष्ट वितरण गर्नु सकारात्मक कुुरा भएता पनि भेष्ट लगाएर मात्र हुदैन मधेशीमा एकता हुनु आवश्यक रहेको वताउनु भयो ।
सो अवसरमा बृहत मधेशी नागरिक समाजका महासचिव सुर्यनारायण यादव, समाजसेवी श्री राम चौधरी, जीवन गुप्ता, आरती साहले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम महिला नागरिक समाजका अध्यक्ष आशा झा को सभापतित्वमा सम्पन्न भएको थियो ।
Post a Comment