Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कृर्षिका उप्रेतीविरुद्ध अख्तियारमा उजुरी

विराटनगर २२ साउन ।
रेडियो कार्यक्रम तथा विज्ञापन उपलब्ध गराउँदा अनियमितता गरेको भन्दै जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रेतीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सार्वजनिक सूचना अर्थात टेन्डर आह्वान नगरी काठमाडौंमा दर्ता भएको एक एजेन्सीलाई रेडियो कार्याक्रम उत्पादन गर्न दिएर अनियमितता गरेको उजुरीमा उल्लेख छ ।

२०७१÷०७२ मा उप्रेतीले काठमाडौं दर्ता भएको र मोरङमा कार्यालयसमेत नरहेको एजेन्सीमार्फत् एक वर्षभरिका लागि रेडियो कार्यक्रम उत्पादन तथा स्थानीय टेलिभिजनका लागि कार्यक्रम सम्झौता गरेका छन् । सरकारी कार्यालयले सार्वजनिक रुपमा सूचना आह्वान गरेर मात्र एजेन्सी तथा कार्यक्रम उत्पादक छनौट गरिने गरेको भएपनि कृषि विकास कार्यालयका प्रमुख उप्रेतीले भने सरकारी नियमको खिल्ली उडाउदै कार्यक्रम गर्न दिएर अख्तियार दुरुपयोग गरेको उजुरीमा उल्लेख छ । कमिसनको लोभमा प्रस्ताव आह्वान नगरि कार्यक्रमका लागि एजेन्सी छनौट गरेको कारण पत्रमा दिइएको छ ।

उप्रेतीले मनपरी गरेछि अख्तियारमा उजुरी गरेको निवेदकमध्येका एक संचारकर्मीले बताए । जिल्लाका स्थानिय सञ्चारमाध्यममा दिइनु पर्ने कार्यक्रम मोरङमै नरहेको एफएमलाई समेत कार्यक्रम दिएर सम्झौता गरेको उजुरीमा उल्लेख छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget