Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सीमाङ्कनबिना संविधान जारी गरिए द्वन्द्व बढ्ने

काँकडभिट्टा (झापा), २० साउन । विभिन्न राजनीतिक दलका केन्द्रीय तथा जिल्ला नेताले सङ्घीय राज्यको सीमाङ्कन र नामाङ्कनसहित सबैको अधिकार समेटिएको संविधान जारी गर्नुपर्नेमा जोड दिएका छन् ।

संवाद समूहको सचिवालय झापाको संयोजनमा आज विर्तामोडमा भएको छलफलमा राजनीतिक दलका नेताहरुले सीमाङ्कनबिना संविधान जारी गरिए त्यसले द्वन्द्व बढाउने भन्दै उक्त कुरामा जोड दिएका हुन् ।

उनीहरुले एकले अर्को जाति, धर्म र संस्कृतिको सहअस्तित्वलाई स्वीकार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । विभिन्न माग राखेर आन्दोलनमा रहेका राजनीतिक दलका नेतासमेत सहभागी छलफलमा सबैले एकले अर्काको अस्तित्व र पहिचान स्वीकार्दै त्यसको पक्षमा साझा धारणा बनाएर अघि बढ्ने बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नरेन्द्रविक्रम नेम्वाङले संविधानमा सबै जाति, भाषा र धर्मको पहिचानका साथै अस्तित्वको सम्मान हुनुपर्ने बताउनुभयो ।

सभासद् तथा एकीकृत नेकपा (माओवादी)का नेता मोहन टुडूले दिगो शान्तिका लागि सीमाङ्कन विवाद टुङ्ग्याएर संविधान जारी गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार हरिचरण सिवाकोटीले सीमाङ्कनसहितकै संविधान आउनुपर्नेमा जोड दिँदै नामाङ्कनका लागि जनमत सङ्ग्रहमा जान सकिने बताउनुभयो ।

एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य झलकसिंह दर्लामी सन्देशले सीमाङ्कनको विवाद टुङ्ग्याएर संविधान जारी गर्दा दलबीच सहमतिको बिन्दु भेटिने बताउनुभयो ।

फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष भारतेन्दुकुमार मल्लिकले लिम्बूवान, मधेसी, कोचिलाका नेता एकै ठाउँमा बसेर सहमतिका साथ पहिचान र अस्तित्वसहितको सङ्घीयताको पक्षमा निष्कर्षमा पुग्नुपर्ने बताउनुभएको थियो ।

सङ्घीय लिम्बूवान पार्टी नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकले नेपाल रहेमात्र सबैको अस्तित्व रहने भन्दै राष्ट्रिय सोचका साथ अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

सङ्घीय लिम्बूवान पार्टी नेपालका वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वाले विगतका सहमति र अन्तरिम संविधानअनुसार अघि बढ्ने हो भने सबैको भावना समेटिने र मुलुकले निकास पाउने बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget