Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

वननियुक्त मुख्यसचिव डा सुवेदी–स्वागत र सम्मान

पोखरा, १ भदौ । नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुवेदीले विकासको प्रतिफल सबैले पाउने हुनाले यसमा राजनीति नगर्न आग्रह गर्नुभएको छ ।

जिल्ला विकास समिति कास्की, पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, पोखरा उपत्यका नगर विकास समिति, पोखरा र लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित नवनियुक्त मुख्यसचिव डा सोमलाल सुवेदीको स्वागत एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकासमा सबैको सहकार्य भएमा आफ्नो पनि पूर्ण सहयोग हुने वचन दिनुभयो ।

मुख्यसचिव डा सुवेदीले पदीय जिम्मेवारीका साथ काम गर्न सबै जिम्मेवार व्यक्तिसँग अनुरोध गर्दै भनाइ र गराइमा एकरुपता हुन सकेमा मुलुकले छाटो समयमै विकासको फड्को मार्ने बताउनुभयो ।

कार्यक्रममा सभासद यज्ञबहादुर थापा, शारदा पौडेल, जीवन परिवार र वृन्दा रानाले कास्कीको समग्र विकास र समृद्धिमा मुख्य सचिवबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय विकास अधिकारी तारानाथ अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, पोखरा र लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष क्रमशः विन्दुकुमार थापा र बखुराम गिरी, एमालेका अध्यक्ष कृष्ण थापा, एमाओवादीका अध्यक्ष दीपक कोइरालालगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नवनियुक्त मुख्यसचिव डा सुवेदीलाई सो अवसरमा विभिन्न सङ्घसंस्थाले सम्मान गरेका थिए ।

यसैबीच क्षेत्रीय प्रशसान कार्यालय पोखराद्वारा आयोजित जिल्ला, अञ्चल र क्षेत्रका कार्यालय प्रमुखहरुको भेलालाई सम्बोधन गर्दै मुख्यसचिव डा सुवेदीले कार्यालयमा पदको दुरुपयोग नगरी इमान्दार भएर काम गर्न निर्देशन दिनुभयो ।

क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रजिअ कृष्णबहादुर रावतले स्वागत मन्तव्य राख्नुभएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget