Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ललितपुरको १२ वर्षे गोदावरी मेला आजदेखि सुरु

ललितपुर, १ भदौ । बहुप्रतिक्षित १२ वर्षे गोदावरी सिंहस्थ मेला आजदेखि सुरु भएको छ ।

प्रत्येक १२÷१२ वर्षमा लाग्ने मेला यस भन्दाअघि २०६० सालमा भएको थियो । मेला भर्न स्थानीयदेखि उपत्यका बाहिरबाट समेत हजारौँ भक्तजनहरुको लाम बिहानदेखि नै लागेको थियो ।

बिहान ४ बजे हरिसिद्धि भवानी मन्दिरका मूल पूजारी शिवराम महर्जनले गोदावरी कुण्डमा स्नान गरी पूजा गरेलगत्तै मेला लागेको गोदावरी मेला व्यवस्थापन सचिवालयका सदस्य वीरेन्द्र महर्जनले बताउनुभयो । मेला भर्न आएका दर्शनार्थीलाई मध्यनजर गर्दै समितिले उनीहरुको सुविधाका लागि विभिन्न स्टल राखिएको उहाँले बताउनुभयो ।

मेलाको मुख्य केन्द्रविन्दुमा माछामासु तथा मदिरा निषेधित गरिएको मेला व्यवस्थापन प्रचार–प्रसार प्रमुख श्याम घिमिरेले बताउनुभयो । मेलामा दुईसय वटा स्टलहरु राखिएका छन् ।

मेला सुरक्षाका लागि एकसय ५० प्रहरी परिचालित गरिएको बताइएको छ । मेला व्यवस्थापन मजबुत बनाउन पाँच सयको सङ्ख्यामा स्वयम्सेवक खटाइएको उहाँले बताउनुभयो । मेलाअवधिभर २५ जना स्वास्थ्यकर्मीले सेवा दिनेछन् ।

एक महिनासम्म सञ्चालन हुने मेला सम्पन्न गर्नका लागि प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाको संयोजकत्वमा एक हजार एकसदस्यीय मूल व्यवस्थापन समिति निर्माण गरिएको छ । यसबाहेक ३१ सदस्यीय सचिवालय र २१ वटा उपसमिति रहेका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget