Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

म्यानमारमा कुष्ठरोगविरुद्ध जनचेतना अभियान सञ्चालन गरिने

याङ्गुन, १६ साउन । म्यानमारले यहाँका कुष्ठरोगीहरुलाई लक्ष्यगरी यस रोगको नियन्त्रणसम्बन्धी अभियान सञ्चालन गर्ने भएको छ ।
म्यानमारका सबैभन्दा धेरै कुष्ठरोगीहरु रहेका क्षेत्रहरुमा यस अभियान सञ्चालन गरिने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा यो अभियान सञ्चालन गर्न लागिएको जानकारी म्यानमारको स्वास्थ्य मन्त्रालयले दिएको छ ।
नाइविद्व, मन्डालय, सागिङ, मागावे, आएवादे, र बागो क्षेत्रमा कुष्ठरोग नियन्त्रणका क्षेत्रमा जनचेतना अभियान कायक्रम सञ्चालन गरिने भएको हो ।
म्यानमारको स्वास्थ्य मन्त्रालयका अनुसार म्यानमारमा हरेक वर्ष करिब तीन हजार जना नयाँ रोगी पत्ता लाग्ने गरेका छन् ।
देशभरमा प्रत्येक वर्ष किरब तीन हजार जना नयाँ रोगी भेटिन्छन् र तिनमा करिब एक सयजना बालबालिका नै हुने गरेका छन् ।
उक्त मन्त्रालयका अनुसार सन् २०१२ मा दुइ हजार ८७७ जना नयाँ कुष्ठ रोगी भेटिएका थिए । त्यसमध्ये कतिपय बालबालिका पनि परेका थिए ।
मन्डालय क्षेत्रमा कुष्ठरोगको ठूलो प्रकोप रहेको स्वास्थ्य अधिकारीहरु बताउछन् । सो क्षेत्रमा मात्र सन् २०१४ मा ५४७ जना रोगी भेटिएका थिए । साथै गत वर्ष याङगुनमा मात्र पनि ४३९ जना विरामी भेटिएका थिए ।
सन् २०१३ मा विश्व स्वाथ्य संगठनले गरेको एक सर्वेक्षण अनुसार म्यानमार पनि कुष्ठरोगको सबैभन्दा बढी महामारी रहेका विश्वका १७ देशमा म्यानमार पनि पर्दछ ।
त्यस अभियानअन्तर्गत कुष्ठरोग पनि अरु रोगजस्तै सामान्य रोग भएकोले यसलाई समयमै खबर गरी स्वास्थ्य जाँच गराउन अनुरोध गर्ने गरिन्छ । रासस÷सिन्ह्वा
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget