Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सभापती निर्बिरोध बन्ने सम्भाबना धेरै छ : शंकर राई

विराटनगर,साउन १६/

शंकर राई मोरंगको क्षेत्र नम्बर ९ का लागि कुनै नौलो नाम होईन । जिल्लामै बिकट मानिएका रमिते वारंगी होस या भोगटेनी ,लेटाङ र उर्लाबारी नै किन नहोस । sankar raiबिकट गाँउमा टेलिफोनको टावर निर्माण देखि खोलामा तारजाली चाहिए पनि त्यस भेगका जनाताले राईलाई सम्झन्छन । उनको कामको तारिफ गर्ने मानिसको संख्या निक्कै ठुलै छ । वि.स. २०३० साल मा मोरङको लेटाङ गाँउ बिकास समितिको वार्ड नम्बर २ मा मातापिता डम्बर बहादुर र बिष्णु कुमारी तामाङ राईका २ छोरामध्ये कान्छो सुपुत्रका रुपमा जन्मिएका राईले स्थानीय शान्ति भगवती माध्यमिक बिद्यालय बाट २०४७ सालमा प्रबेशिका परीक्षा उर्तिण गरेका छन ।
वि.स. २०५५ साल देखि निरन्तर राजनीति र समाजसेवामा सक्रिय राई नेपाल बिद्यार्थी संघको गाँऊ सभापति तरुण दलको क्षेत्रिय संयोजक,जिल्ला सदस्य,नेपाली काग्रेस लेटाङ गाँउ कमिटिका कार्यसमिति सदस्य वार्ड नम्बर २ को संयोजक,क्षेत्रिय सचिब हुँदै २०६८ देखि जिल्ला सदस्य,लेटाङ दोस्रो साना शहरी खानेपानी आयोजनाका अध्यक्ष,जिल्ला फुटबल संघका उपाध्यक्ष,लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य लगायत दर्जनौ संघसंस्था हरुमा रहेर काम गरिरहेका छन ।
पछिल्लो समय नेपाली काँग्रेसको १३ औँ महाधिबेशनको पुर्ब सन्ध्यामा मोरङ क्षेत्र नम्बर ९ को क्षेत्रिय सभापतिका लागि राईको उम्मेदवारीले बिशेष चर्चा पाएको छ । यसै सन्दर्भमा राई सँग महाधिवेशनको सेरोफेरोमा रहेर गरिएको कुराकानीको सम्पादित अंश

१.सभापतिमा यहाँको चर्चा सुनिन्छ । उम्मेदवारी किन ?

हो म नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिबेशनका लागी क्षेत्र नम्बर ९ वटा उम्मेदवारी दिने निर्णयमा पुगेको छु । यस भेगका जनताले,काग्रेसका नेता कार्यकर्ता,शुभचिन्तक लगायत सबैले यस क्षेत्रमा तपाईको आबश्यत्ता रहेको छ । जसरी पनि तपाईले चुनाब लडनुपर्छ भनेर कार्यकर्ताहरु बाटै आवाज आएपछि अब मैले उहाँहरुलाई निराशा बनाउनु हुँदैन र उहाँहरुको बिश्वासलाई आत्मासाथ गर्दै यस क्षेत्रको समग्र बिकास,पार्टीमा आमुल परिबर्तनको सोच राखेर मैले उम्मेदवारी दिने घोषणा गरेको हुँ । फेरी म भन्दा जुनियरहरुले त यो क्षेत्रको नेतृत्व गरिसके भने म त बिसौँ बर्ष देखि यहि क्षेत्रको बिकास निर्माण देखि पार्टीको संगठन सुदृढीकरणमा समेत उत्तिको अहोरात्र खटेको छु । त्यसैले पनि होला मलाई सबैले उठनुपर्छ । तपाईले नेतृत्व गर्नुपर्छ भन्नु भएको छ ।

२.यस भेगका जनताका लागि चाँहि के गर्नुभएको छ यहाँले ?

मेरो क्षेत्रका सबै गाबिसका सबै वार्डहरुमा पुगेको छु । सबै नेता कार्यकर्ताहरुलाई भेटेको छु । उहाँहरुको सुख दुखमा सारथी बन्ने कोशिस गरेको छु । टेलिफोन नभएका गाबिसहरुमा टेलिफोन टावरका लागी पहल गरेको छु । जुन कतिपय ठाँउमा निर्माण भईरहेका छन । यस क्षेत्रमा बर्षेनी थुप्रै खोलाहरुले बिनास गर्छ । ती क्षेत्रहरुमा पैनी बाँध लगायत तार जालीको ब्यबस्था गरेको छु । कतिपय नेता कार्यकर्ताहरु लाई आर्थिक,भौतिक र नैतिक सहयोग गरेको छु । मेरो निर्बाचन क्षेत्र अत्यन्त बिकट क्षेत्र हो । जहाँका सबै गाबिसमा जान सम्भब छैन तरपनि म आफनो खर्च गरेर ती क्षेत्रहरुमा पुग्ने गरेको छु । मेरो ठाँउबाट अर्को गाबिसमा एकचाटी पुग्न मात्र १५ हजार देखि २० हजार सम्म खर्च हुने गरेको छ । त्यति खर्च गरेर म हरेक गाबिसका हरेक गाँउमा त्याँहाका जनताहरुको सुख दुख सँग सहभागी हुन पुग्ने गरेको छु । पार्टीको काममा मात्र नभएर म अरु पार्टीका यस भेगका जनता हरुसँग समेत सुखदुख साटन पुग्ने गरेको छु । यस क्षेत्रको हरेक बिकास निर्माणमा काममा म आफनै खर्चले हिँडेर सबै योजना सफल बनाएको छु । पछिल्लो समय हुर्नुहोस जिल्लामा सबैभन्दा बढी योजनाहरु नै मेरो क्षेत्रमा परेका छन ।

३.यतिका धेरै काम गर्नुभएको रहेछ, पार्टीमा पनि उत्तिकै योगदान रहेछ ,यति हुँदा त यहाँ सर्बसम्मत हुन नसक्नुको कारण ?

हेर्नुहोस अर्झ केही समय बाँकी नै छ । सर्बसम्मतको प्रयास पनि भईरहेको छ । म सँग रहेको अर्को उम्मेदवार भनेको खडग फागो हो । उहाँले यसअघि पनि नेतृत्व गरिसक्नु भएको छ । फेरी उहाँ म भन्दा जुनियर पनि हो । सबै नेता कार्यकर्ताले निर्बिरोध गराउने प्रयास पनि गरिरहनु भएको छ । हाल मन्त्री समेत रहेका केही नेताहरुले यही बिषयमा कुरा गर्र्न खोजि पनि रहनुभएको छ । तरपनि मैले म आफै काठमाण्डौ आउँछु अनि भेटछु भनेको छु । मैले बिषौ बर्ष यही क्षेत्रमा यही क्षेत्रको बिकासका लागी काम गरिसकेको छु भने मलाई कार्यकर्ताले किन बिश्वास गर्दैनन र रु पहिलो प्राथमिकता भनेको मेरो निर्बिरोध नै हो । त्यो भएन भने पनि मलाई कुनै समस्या छैन । किनकी मैले क्षेत्रीय सभापतिमा जित्ने निश्चित छ ।

४. भनेपछि यहाँको जित सुनिश्चित छ ?

अबश्य पनि । निर्बाचन भनेको आफनो मुल्यांकन गर्ने सबैभन्दा उपयुत्त समय पनि हो । मैले यस क्षेत्रमा यस भेगका लागी कति काम गरेको छु भन्ने पनि थाहा हुन्छ । फेरी मैले मेरो मुल्यांकन गर्ने पनि त होईन नी मेरो मुल्यांकन त जनताले गर्ने हो त्यसैले मैले चुनाब जित्नेमा त्यति धेरै शंका नगर्दा नै बेस होला ।

५.चुनाब हार्नुभयो भने नि ?

चुनाबमा हारजीत हुनु स्वभाबिक हो । किनकी चुनाबमा दुबै पक्षको हार र दुबै पक्षको जित हुन सक्दैन । त्यसैले जसले जिते पनि चुनाव एकजनाले जित्ने हो । फेरी चुनाब हारिएछ भने पनि त्यति धेरै गुनासो हुनेछैन । परिणामलाई इज्जत साथ स्वीकार गर्छु । रिसाँउदिन । फलाना नेताले केही गरेन भनेर कहिलयै भन्दिनँ । किनकी मैले यस क्षेत्रका लागी अझै काम गर्न बाँकी रहेछ भन्ने सम्झिएर यस क्षेत्रको बिकास र पार्टीको हितका लागी अझै बढी काम गर्नेछु र गरिरहने छु ।

६.चुनाबमा पैसा खर्च गरेन भने चुनाब जित्न गाहे हुन्छ रे नि त ?

त्यो भनेको यस्तो हुन्छ । अब सबै कार्यकर्ताहरुले त्यस्तो सोच्छन भन्ने हुदैन । अब त सबै कार्यकर्ताहरु सचेत बनिसकेका छन । पैसा हैन उसको काम हेर्छन अहिले । त्यो सँगै मैले त सबै क्षेत्रका सबै संघसंस्थामा काम गरिरहेका साथीहरुलाई सहयोग गर्नुहोस । म यो क्षेत्रका लागी काम गर्छु भनेको छु । मैले खर्च गर्नेभन्दा पनि मैले त साथीहरुलाई सहयोग माग्ने कुरा हो । फेरी पैसा खर्च गरेर चुनाब जित्ने दिन त गइसके नि अब ।

७.चुनाब जित्नु भयो भने यहाँको पहिलो प्राथमिकता ?

चुनाब जितियो भने त्यही हो । सबैभन्दा पहिला त म संगठनलाई चलायमान बनाउने छु । मेरो क्षेत्रमा कतिपय यस्ता पनि बस्ती छन । जहाँ नेपाली भाषा समेत बोल्दैनन । त्यस्ता क्षेत्रमा कस्तो अबस्था होला आफै अनुमान गर्नुस । म त्यस्ता क्षेत्रमा पुगेर जनचेतना फैलाउने काम गर्नेछु । साथै समाजसेवा त छँदैछ म समाजसेवा लाई पनि निरन्तर रुपमा अगाडी बढाउने छु ।

८.अन्त्यमा केही भन्नु छ ?

अन्त्यमा म सबै यस क्षेत्रका नेता तथा कार्यकर्ताहरुलाई मलाई भोट दिएर वा भोट मागेर जिताउन आग्रह गर्दछु । साथै यस क्षेत्रको बिकास र पार्टीलाई चलायमान बनाउन सधै दिनरात नभनी खटने प्रतिबद्धता समेत ब्यत्त गर्दछु ।

bp koirala
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget