Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सहमति हुन नसकेपछि संविधानसभाको बैठक स्थगित

काठमाडौँ, २२ साउन । प्रमुख राजनीतिक दलबीच संविधानका विवादित विषयमा सहमति हुन नसकेपछि संविधानसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार आज साँझ ५ बजेका लागि तय गरिएको बैठक भोलि शनिबार अपरान्ह ३ बजे बस्ने गरी स्थगित गरिएको छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले जनताबाट प्राप्त सुझावका आधारमा विवादित विषयमा सहमति जुटाउने र सो समितिको प्रतिवेदन संविधान सभामा पेस हुने भन्दै संविधानसभाको बैठक आजका लागि बोलाइएको थियो । संवाद समितिअन्तर्गतको प्रमुख राजनीतिक दलका शीर्षनेता सम्मिलित विशेष समितिले विवादित विषयमा सहमति जुटाउन लागिपरेकाले थप समयको आवश्यकता महसुस गरिएको सचिवालयले जनाएको छ ।

प्रमुख दलका शीर्षनेता सम्मिलित विशेष समितिको बैठक अहिले सिंहदरबारमा जारी छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget