Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सत्र वर्षमा पनि ट्र्याक खुलेन

पथरी , १९ साउन । निर्माण सुरु भएको १७ वर्ष बितिसक्दा पनि विराटनगर चक्रपथको ट्र्याक खोल्ने काम पूरा हुन सकेको छैन । जग्गाको मुआब्जा विवादका कारण चक्रपथ निर्माण अलपत्र परेको हो । सहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार विराटनगरको चक्रपथ निर्माण २०५४ सालमा सुरु गरिएको हो ।

सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख किशोरलाल महाजुका अनुसार मुआब्जामा विवादका कारण दुई किलो मिटर ट्र्याक खोल्न नसकिएको हो ।

मुआब्जाको माग गर्दै स्थानीयवासीले काम रोकेपछि झोराटखण्डको दुई किलोमिटर ट्र्याक खोल्ने काम रोकिएको महाजुको भनाइ छ ।

चक्रपथले सुकुम्बासीको २० घर भेट्छ । मुआब्जाका रुपमा घडेरी उपलब्ध नगराए उनीहरु विस्थापित हुने पीडित अखिल बराइलीले जानकारी दिनुभयो ।

चक्रपथको केन्द्रबिन्दुबाट १०० मिटर दायाँ र बायाँको जमिनमा घडेरी बनाउने अवधारणा ल्याइएको छ । मुआब्जा विवादले काममा ढिलाइ भए पनि २० किलोमिटरमा भने ग्राभेल भइसकेको छ । चक्रपथका लागि मात्रै २११ बिगाहा जग्गा आवश्यक पर्छ । यो सबै जग्गा निःशुल्क अधिग्रहण गर्ने योजना रहेको छ ।

चक्रपथले मोरङका कटहरी, झोराहाट, लखन्तरी, टङ्कीसिनवारी, हात्तीमुडा, भाथिगञ्जसहित विराटनगर उपमहानगरपालिकाका विभिन्न वडालाई छुनेछ । चौतीस मिटर चौडाइ रहेको चक्रपथको सहायक मार्ग आठदेखि १० मिटरका हुने छन् । चक्रपथका लागि सिंघिया नदीमा दुईवटा ठूला पुल बनाउनुपर्ने छ । चक्रपथ निर्माणमा भइआएको ढिलाइले स्थानीय जनता निराश भएको स्थानीयवासी विजय विश्वास बताउनुहुन्छ ।

बयालीस किलोमिटर लम्बाइ रहेको यो चक्रपथको निर्माणमा करिब रु पाँच अर्ब लाग्ने अनुमान गरिएको छ । हालसम्म करिब रु १० करोड खर्च भइसकेको बताइएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget