Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

साउनभित्र संविधान जारी गर्नुको विकल्प छैन : प्रधानमन्त्री

काठमाडौँ, १९ साउन । प्रधानमन्त्री सुशील कोइरालाले दलहरू छलफलमा जुटिरहेकाले यही साउनभित्रै संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री कोइरालाले पूर्व प्रतिबद्धताअनुसार संविधान नआएमा जनतामा निराशा उत्पन्न हुने जनाउनुभयो ।

प्रधानमन्त्री कोइरालाले भन्नुभयो–“प्रदेशको सीमाङ्कनसहित साउनभित्र संविधान जारी हुनेमा म धेरै आशावादी छु । संविधान ल्याउनुको विकल्प छैन, त्यसकै लागि हामीहरू दिनभर छलफल गरिरहेका छाँै । सञ्चारमाध्यमले नकारात्मक सन्देश प्रवाह गर्नुभएन ।”

उहाँले संविधान निर्माणकै लागि आठवर्ष बितिसकेकाले अब धेरै समय लिनु उचित नहुने बताउँदै सबै दल, जनता र अन्तर्राष्ट्रिय समुदाय चिन्तित भएकाले ढिलो गर्दा थप निराशा पैदा हुने धारणा राख्नुभयो ।

उहाँले मधेसवादी मोर्चालगायत असहमत पक्षलाई पनि सहमतिमा ल्याउन सीमाङ्कनसहितको संविधान आउने उल्लेख गर्दै ‘संविधान च्यात्छु’ भन्दैमा कसैलाई फाइदा नहुने बताउनुभयो । प्रधानमन्त्री कोइरालाले सङ्घीयताको सीमाङ्कन टुङ्गिएमा नामाङ्कन ठूलो समस्या नहुने पनि बताउनुभयो ।

यसैबीच, बैठकपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि यही साउनभित्रै संविधान आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “हामी कार्यविभाजन गरेर काम गरिरहेका छाँै । सीमाङ्कनसहितको संविधान यही साउनभित्र आउँछ ।”

संविधानको प्रारम्भिक मस्यौदामा जनताका सुझावका आधारमा परिमार्जनका लागि सहमति जुटाउने जिम्मा पाएको शीर्षनेता सम्मिलित विशेष समितिको अर्काे बैठक आजै बस्नेछ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget