Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

टिकापुरमा भएको झडपमा १८ जना सुरक्षाककर्मी र ३ जना प्रदर्शनकारी मारिएको पुष्ठि

कैलाली भदौ ८ ।जिल्ला प्रहरी कार्यालय कैलालीले कैलालीको टिकापुरमा भएको झडपमा १८ जना सुरक्षाकर्की र ३ जना प्रदर्शनकारी मारिएको पुष्ठि गरेको छ । गृहमन्त्रालयलाई जानकारी गराउदै आधिकारीक विवरण सार्वजनिक गरेको छ । तर अझै सुरक्षाकर्मी सम्पर्क बाहिर रहेकाले यकिन विवरण  प्राप्त हुन सकेको छैन ।

कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा हिंसात्मक झडप भएको हो । १० हजारको संख्यामा रहेका आन्दोलनकारी छुरा, भाला, बन्चरोसहितका हतियार लिएर सडकमा उत्रिएपछि हिंसात्मक झडप भएको हो।

झडपमा परी एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टर बलराम विष्ट, केशव बोहोरा, हबलदारहरु लक्ष्मण खड्का र ललित राउत, प्रहरी जवान लोकेन्द्र चन्द , रामबिहारी चौधरीको मृत्यु भएको छ।  केहि सुरक्षाकर्मीहरु अझै सम्पर्क बाहिर छन् ।
थरुहट प्रदेशको माग गर्दै गरीएको प्रदर्शनमा आन्दोलन अनियन्त्रीत हुदा यस्तो भएको बताईएको छ । प्रदर्शनकारीहरुले भाला लगायतका हतियार समेत प्रदर्शन गरेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले पनि कैयाै‌ हताहत भएको बताएका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget