Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

‘टीकापुर घटना राजनीतिक घटना हुनै सक्दैन’

काठमाडौँ, ८ भदौ । प्रमुख तीन राजनीतिक दलले कैलालीको टीकापुरमा सोमवार वेलुका भएको घटनालाई राजनीतिक घटनाका रुपमा लिनै नसक्ने निष्कर्ष निकालेका छन् ।

टीकापुरमा भएको घटनाको समीक्षा गर्न संविधानसभा भवन नयाँ बानेश्वरमा आज साँझ बसेको तीन दलका शीर्ष नेताको बैठकले जनताको बाँच्न पाउने अधिकारको सुनिश्चितता हुने गरी सुरक्षाको प्रत्याभूति गराउन सरकारलाई सुझाव दिएको छ । उहाँहरुले परिस्थितिलाई उत्तेजित तुल्याउने बोली र व्यवहार पनि कसैबाट पनि नगर्न आग्रहसमेत गर्नुभएको छ ।

यसैबीच यसअघि सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दल र नेकपा (एमाले) स्थायी समितिको संविधानसभा भवनमै बसेको बैठकले कैलाली घटनालाई प्रायोजित रुपमा गराइएको निर्मम र निन्दनीय घटना बताएका छन् । ती दुवै दलले नेपाल सरकारलाई सुरक्षाको दायित्वलाई कुशलतापूर्वक सम्पादन गरी जनताको जिउधनको सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।

काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले टीकापुर घटनालाई दुःखद र भत्सर्नायोग्य ठहर गर्दै संसदीय दलले त्यसप्रति खेद व्यक्त गरेको बताउनुभयो ।

काँग्रेस संसदीय दलले टीकापुरलगायत देशका विभिन्न ठाउँमा भएका हिंसात्मक घटनाप्रति अत्यन्त दुःख र खेद व्यक्त गर्दै त्यस्ता अप्रिय र अवाच्छित हिंसात्मक घटनाबाट पार्टीलाई मर्माहत र स्तब्ध तुल्याएको जनाएको छ । “राष्ट्रमा शान्ति, सुव्यवस्था कायम गर्न आफ्नो कर्तव्यपालन गर्दागर्दै वीरगति प्राप्त गर्ने वरिष्ठ सुरक्षा अधिकारी, सुरक्षाकर्मीलगायत निर्दोष नागरिकप्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि र परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ”–मुख्य सचेतक चीनकाजी श्रेष्ठले जारी गरेको संसदीय दलको विज्ञप्तिमा भनिएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक अग्नि खरेलले स्थायी समितिको बैठकले घटनालाई गम्भीरतापूर्वक लिँदै छानबिनका लागि समिति गठन गर्न माग गर्ने निर्णय गरेको बताउनुभयो ।

एकीकृत नेकपा (माओवादी) संसदीय दलले पनि उक्त घटनालाई सूक्ष्म विश्लेषण गरी जनताका मागलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको पार्टीका नेता एवम् सभासद् अग्नि सापकोटाले जानकारी दिनुभयो ।

प्रमुख दलका शीर्ष नेताको मङ्गलबार बिहान बालुवाटारमा बस्ने बैठकले कैलाली घटनाबारेमा थप प्रस्ट पार्दै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget