Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

गत आवमा झापाबाट ६५ जना चेलीबेटीको उद्धार

काँकडभिट्टा (झापा), २ भदौ । साना हातहरु नेपाल नामक संस्था भद्रपुर शाखाले गत आव २०७१÷०७२ को असार मसान्तसम्ममा ६५ जना चेलीबेटीको उद्धार गरेको छ ।

झापाको ज्यामिरगढी, महेशपुर, पृथ्वीनगरलगायतका नाकाबाट भारतमा बेच्न लैजाँदै गरेको अवस्था ती चेलीबेटीको उद्धार गरेको संस्थाले जनाएको छ ।

संंस्थाले गत आवमा चेलीबेटी बेच्ने १२ जना दलाललाई पक्राउ गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जनाएको छ ।

हाल पाँचजना पीडित चेलीलाई कार्यालयमै संरक्षण दिएको संस्थाका अध्यक्ष जगत वाग्लेले बताउनुभयो । उहाँले गत आवमा मानव बेचबिखनमा ११ जना, बलात्कारको केशमा दुई जना र अस्पतालबाट एक जना गरी जम्मा १४ जना बालबालिकाको समेत उद्धार गरेको बताउनुभयो ।

इलाम तथा झापाका ग्रामीण क्षेत्रका गरिबी र अशिक्षाको चपेटामा परेका महिलालाई वैदेशिक रोजगारीमा पठाइदिने तथा भारतका विभिन्न स्थानमा राम्रो जागिर लगाइदिने बहाना बनाएर दलालले आफ्नो फन्दामा पार्ने गरेका छन् ।

संस्थाले स्थापनादेखि हालसम्म एक हजार २५३ जनाको उद्धार गरी आफन्तको जिम्मा लगाइसकेको जनाएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget