Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

‘कांग्रेसको नेतृत्व जनता विरोधी क्रियाकलापमा फसिसकेको छ’

काठमाडौं, २ भदौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको प्रक्रिया सुरु हुने मिति र संविधानसभा मार्फत संविधान जारी हुने मिति एकै साथ परेपछि कांग्रेसका लागि बैधानिक संकट टार्न नयाँ संविधानमा राजनीतिक पार्टीको आवाधिक महाविधेशनको गराउने व्यवस्थालाई केहि खुकुलो बनाउने सहमति भएको छ । nain sing maharकांग्रेसको आसन्न महाधिवेशन र नेतृत्व माथी केन्द्रित भएर नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरसंग  गरेको कुराकानीको सारसंक्षेप ।

नेपाली कांग्रेस महाधिवेशन नजिकिदै जाँदा संबिधान जारी हुने मिति पनि नजिकिदै छ यसले कुन पहिला हुन्छ भन्नेमा अन्यौलता बढेको छ नि ?
संबिधान निर्माणको सवाल विगत ८ वर्षदेखिको सवाल हो त्यसैले यो मुद्दालाई अहिले महत्वका साथ हेरिनुपर्नेमा दुई मत छैन । तर नेपाली कांग्रेस जीवन्त पार्टी हो र यो प्रजातन्त्रमा विश्वाश राख्छ त्यसकारण एकातिर विधानमै ४ वर्षभित्र महाधिवेशन गर्नुपर्ने अप्ठ्यारो परेको अवस्थामा १ वर्ष थप्नुपर्ने ५ वर्षभित्र जसरी पनि कुनै पनि राष्ट्रिय पार्टीले सबै प्रक्रिया पुरा गरी सक्नुपर्ने अन्तरिम संबिधानमै उल्लेख भएकाले अहिले विभिन्न बहानामा यसलाई अड्काउनु हुदैन । यो थाहा हुँदै पनि नेपालको सबैभन्दा ठूलो पार्टीको महाधिवेशनको विषयमा नसोची यी दुवै प्रक्रिया जुधाइएको छ । यो षडयन्त्र पार्टी भित्र र बाहिरबाट भएको छ । यो दुवै प्रक्रिया लम्ब्याउने खेल भैरहेको छ, यसकारण महाधिवेशन अहिले गतिहीन अवस्थामा देखिएको छ ।

 

पछिल्लो समय नैतिक चरित्र नभएका, गुण्डा प्रवृत्तिका मानिसलाई जथाभावी पार्टी सदस्यता दिइदैछ । यसकै पछिल्लो उदाहरण त पोखरामा नैतिकवान नेता बादलको हत्या भएको छ । पछिल्लो समय पैसाको लोभमा ठूला गाडी चढ्ने लोभले त्यस्ताहरुलाई पार्टीभित्र प्रवेश गराइदैछ । यो नेपाली कांग्रेस जस्तो पार्टीका लागि धोका हो । यसले पार्टीको दूरगामी भविष्यलाई प्रभावित पार्दैछ ।

 

अहिलेको अवस्थामा संविधान र महाधिवेशन कुन प्राथमिकतामा पर्नुपर्थ्यो ?
नेपाली कांग्रेसको महाधिवेशनलाई संबिधानले पनि रोक्न सक्दैन । त्यसैले संबिधान निर्माण प्रक्रियालाई पनि रोक्न मिल्दैन, दुवै प्रक्रिया रोक्न मिल्दैन । नेपाली कांग्रसको विधान अनुसार गाउँबाट समानुपातिक उमेदवारी दिइसकेको सभासद चुनिएर क्षेत्रमा आउन पाउने व्यवस्था छैन । त्यसैले तल्लो स्तरसम्म गएको केन्द्रले लविङ गर्नुपर्ने आवश्वकता छैन । केन्द्रीय समितिले गाउँ अधिवेशनको मिति सारेर नेपाली काँग्रेसलाई अन्यौल ग्रस्त बनाइएको छ । तर जुन भदौं १७ गते भनिएको छ त्यो सारिनु हुँदैन गर्न सकिन्छ । किन कि संबिधानको प्रक्रिया हामी भदौं १० गते भित्र सक्ने भनिराछौं, त्यो अवस्थामा दुवैलाई संगसंगै अगाडी बढाउन सकिन्छ । तर एकले अर्कोलाई देखाएर दुवै प्रक्रियालाई लम्ब्याउने प्रपञ्च नेताहरुबाट भैरहेकोे छ ।

गाउँ अधिवेशन सुरु गर्नका लागि पनि क्रियाशील सदस्यताको विवाद त अझै कायमै छ नि कसरी सम्भव छ ?
यो विवाद हामीले निर्माण गरेको विवाद हो । कांग्रेस विधानले हरेक वर्ष क्रियाशील सदस्यता वितरण गर्ने, सहभागिताका लागि कम्तीमा २ वर्षभन्दा पुरानो क्रियाशील सदस्यता हुनुपर्ने भन्ने विधान हुँदाहुँदै जुन केन्द्रबाट यसमा हस्तक्षेप भैरहेको छ, यो ठिक छैन । पछिल्लो समय नैतिक चरित्र नभएका, गुण्डा प्रवृत्तिका मानिसलाई जथाभावी पार्टी सदस्यता दिइदैछ । यसकै पछिल्लो उदाहरण त पोखरामा नैतिकवान नेता बादलको हत्या भएको छ । पछिल्लो समय पैसाको लोभमा ठूला गाडी चढ्ने लोभले त्यस्ताहरुलाई पार्टीभित्र प्रवेश गराइदैछ । यो नेपाली कांग्रेस जस्तो पार्टीका लागि धोका हो । यसले पार्टीको दूरगामी भविष्यलाई प्रभावित पार्दैछ ।

देशको ठूलो र पुरानो तपाईको पार्टीका थुप्रै भातृसंगठनका महाधिवेशन नभएको वर्षौ भयो चलिरहेका छन् अझै मान्यता प्राप्त छन्, पार्टी पनि यसरी नै चल्ला नि त ?
हरेक राजनितिक पार्टीको उद्देश्य मुलुकको सम्बृद्धि गर्ने नै हुन्छ । हामी प्रजातन्त्रवादीहरु कम्युष्निटहरुहरुलाई के भन्छौ भने, उनीहरु अधिनायकवादी शासन चाहन्छन् । उनीहरु जनताबाट अनुमोदित हुन चाहदैनन्, आफु सत्ता चलाउन चाहन्छन् । तर हामी प्रजातन्त्रवादीहरु जनताले चाहेका बेला परिवर्तन हुन चाहन्छौं आवधिक निर्वाचनका माध्यमबाट । त्यसैले यी कुरा पुरा हुनका लागि नेपाली काँग्रेस संगठित बन्न जरुरी छ । त्यो संगठित हुनका लागि वैधानिक प्रक्रियाअनुसार सबै भातृसंगठनहरु अपडेट हुन जरुरी छ । पार्टी नेताहरुले जनताको जीवनस्तरसँग मेल खानुपर्छ, पार्टी त्यसरी नै चल्नुपर्ने हो तर त्यो भैरहेको छैन । यसले नेपाली कांग्रेसको पृष्ठभुमी स्खलित हुँदै जान्छ त्यसपछि नेपाली काँग्रेस रुग्ण हुन्छ र बहुमतको शासन स्थापित गरेर जनतालाई विश्वास दिलाउनुपर्छ । त्यसैले नैतिक पार्टी, जनतासँग प्रत्यक्ष सम्बन्ध भएको पार्टी भएन भने मुलुक सम्बृद्ध बनाउन सक्दैन । मुलुकको सम्बृद्धिका लागि भनिएको पार्टीले केहि गर्न नसक्दा जनताको विरुद्धमा गएको ठानिन्छ । त्यसैले हाम्रो वर्तमान नेतृत्व जनता विरोधि क्रियाकलापमा फसिसकेको छ । त्यसैले अब हामी नेपाली कांग्रेसलाई सम्बृद्धशाली बनाउन चाहन्छौं, जनताको पार्टी बनाउन चाहन्छौं । पार्टीका भातृसंगठनलाई प्रक्रियागत हिसाबले अपडेट गराउन चाहन्छौं । त्यसैले जो पार्टीको नेतत्वमात्रै हडपेर बस्छ, आफ्ना नातागोतालाईमा स्थान दिन्छ, वर्षौसम्म पार्टीलाई अपडेट गराउदैन, तदर्थ उन्मुख गराउँछ यसले कालान्तर जनतालाई धोका हुन्छ । यो जनविरोधि क्रियाकलाप हो ।

हरेक पद ओगटेर बस्ने पार्टीका आदरणीय नेता ज्यूहरुलाई म के भन्न चाहन्छु भने, विभिन्न भातृसंगठनका युवाहरुले विश्वाश गरेर जिताएका युवाहरु पार्टीको नेतृत्वमा तिनै बुढाहरुको भरौटे भएर बसेका छन् । उनीहरु पार्टीको हालत यस्तो हुँदा पनि कुनै नोट अफ डिसेन्ट लेख्न सकेको छैन ।

 

वषौं पार्टी र पार्टीका भातृसंगठन अपडेट नहुँदा खासै नेतृत्वको विकास पनि भएको देखिदैन, यसको असर त दुरगामी पार्छ नि हैन र ?
यो त देखिएका युवाहरुको क्रियाकलापमा भर पर्ने कुरा हो । अहिले ५२ प्रतिशतभन्दा बढी युवाहरु काँग्रेस केन्द्रिय समितिमा छन् । तर यति धेरै युवा कार्यकर्ता भएको पार्टीको अवस्था इतिहासमा सबैभन्दा रुग्ण छ । त्यसैले अब कार्यकर्ता र जनता मिलेर समिक्षा गर्ने बेला आएको छ । १२ औं महाधिवेशनले जिताएका ५२ प्रतिशत युवाहरु पार्टीका नेताको सिण्डिकेटले निराश छन् । उनीहरु नेतृत्वले खटाएको काम गर्ने मात्रै देखिएका छन्, जिम्मेवारी कुनै पनि दिइएको छैन । पार्टीका सबै भातृसंगठन अस्तव्यस्त छन् । ९८ प्रतिशत विधान कार्यान्वयन नभएको इतिहास यहि नेतृत्वको कार्यकालमा देखिएको छ । यस्तो गरी हरेक पद ओगटेर बस्ने पार्टीका आदरणीय नेता ज्यूहरुलाई म के भन्न चाहन्छु भने, विभिन्न भातृसंगठनका युवाहरुले विश्वाश गरेर जिताएका युवाहरु पार्टीको नेतृत्वमा तिनै बुढाहरुको भरौटे भएर बसेका छन् । उनीहरु पार्टीको हालत यस्तो हुँदा पनि कुनै नोट अफ डिसेन्ट लेख्न सकेको छैन । त्यसैले प्रमुख कुरा पात्र मात्रै परिवर्तन गर्ने कि प्रबृत्ति पनि परिवर्तन गर्ने हो भन्ने कुरा महत्वपूर्ण छ । पात्र युवा हुँदैमा परिवर्तन नचाहने रहेछ भन्ने कुरा प्रष्ट देखिएको छ । युवाहरुले युवाहरुको दृष्टिकोण बोक्न सक्नुपर्छ, नत्र नेतृत्वमा युवा मात्रै भएर हुँदैन । हामी ५२ प्रतिशत युवा पठाउँदा न त संबिधान निर्माणमा तिनीहरुको भुमिका देखिएको छ, नत पार्टी सञ्चालनमा भुमिका देखिएको छ । बरु उल्टै भातृसंगठनमा गुट उपगुटका नाममा झगडा गराइदिने प्रवृत्ति देखियो । यत्रो ८ वर्षको अवधिमा सबै भातृसंगठनका कैयौं युवाहरु नेतृत्वका लागि तयार हुन्थें तर त्यो हुन दिइएन । हाम्रा सभापति प्रजातन्त्रको नारा लिएर नै नेतृत्वमा जानुभएको हो तर अहिलेसम्म केहि गर्नुभएन, अहिले त कांग्रेसमा पनि चुनाव हुन्छ र भन्ने प्रश्न उब्जाउनु भयो, यो दुर्भाग्य हो ।

अबको नेतृत्व कस्तो हुनुपर्छ ?
आज भन्दा १२/१५ वर्ष अगाडीसम्म राजनितिक अधिकारका मात्रै कुरा गरिन्थें, तर त्यो प्राप्त भैसकेपछि अहिले देश विकासका लागी आधारहरु खडा भएनन् । प्रजातन्त्र मात्रै भएर पुग्दो रहेनछ । गास, बास, कपाससँगै शिक्षा, स्वास्थ्य लगायतका विभिन्न अधिकारहरु चाहिन्छन् । यो कुराहरु राज्यले व्यवस्था गर्नुपर्छ । त्यसैले राजनितिक अधिकारसँगै सामाजिक अधिकार पनि स्थापित हुनुपर्छ । आफुसंग अरुलाई पनि निष्ठावान बनाउने पद्दतिको सिर्जना गर्नुपर्ने देखियो । त्यसैले आम नेपालीका लागि सुहाउने उनीहरुको मर्म र भावनालाई बुझ्ने र पत्याउने खालको त्यो कमिटमेन्ट गर्ने नेतृत्व चाहिन्छ अब । यसका लागि आम नेपालीको चाहना अनुसार नेतृत्व आउनुपर्छ । प्रजातन्त्र स्थापित गराउने खालका प्रष्ट लिडरसिप हुनुपर्छ । यस्तो भयो भने नेपाली कांग्रेसले फड्को मार्छसँगै नेपालले पनि फड्को मार्छ ।

 

बरियताकै हिसाबले पनि अब उहाँ पछि शेरबहादुर देउवा हुनुहुन्छ । उहाँ भन्दा उमेरमा पनि केहि गर्न सक्ने क्षमता राख्नुहुन्छ । देउवाले अरु क्षमता पनि सरकार सञ्चालनका क्रममा देखाउनुभएको छ । त्यसैले अन्य नेतालाई उचित ठाउँ दिएर देउवालाई सर्बसम्मत सभापति बनाउनुपर्ने अहिलेको आवश्यकता हो ।

 

तपाईको कार्यक्षमता र क्रियाशीलताका आधारमा पार्टीमा तपाईको आगामी भुमिका के हुन्छ ?

मैले २०४५ सालदेखि नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ भित्र रहेर काम गरे । यहि बीचमा किताबहरु पनि लेखँे । अन्तर्राष्ट्रिय अवार्डहरु पनि पाएँ । पहिले देखि नै म आफ्नो जिम्मेवारी प्रति प्रतिबद्ध छु । मलाई भन्न कुनै संकोच छैन । मेरो प्रभावकारीका कारणले पार्टीभित्रको गुटगत प्रबृत्ति हावी देखियो र हुनै लागेको नेविसंघ महाधिवेशन रोकियो । म शेरबहादुर देउवा समूहबाट उमेदवार हुने र विजय निश्चित देखिसकेपछि आदरणीय सभापति सुशिल कोइरालाले ३ चोटी संघारमा आएर महाधिवेशन रोक्नुभयो । यो सबैलाई थाहा भएकै कुरा हो । अहिलेसम्म पार्टी सुधारका लागि धेरै गरे तर बाहिर बसेर त्यो सम्भव नहुदो रहेछ । अब धेरै लामो समय गैसकेको छ । उमेर पनि छिप्पिदै गैरहेको छ । त्यसैले धेरै साथीहरुले केन्द्रिय नेतृत्व लिनका लागि हौस्याएका छन् । मेरो अभियान सफल गर्नका लागि मैले केन्द्रिय सदस्यका लागि तयारी गरिरहेको छु । अर्को कुरा अहिलेका सभापति कोइरालाले अबको नेतृत्व म लिन्न भनिसक्नुभएको छ । उहाँको कार्यकालमा खासै उपलब्धि हासिल भएको अवस्था पनि छैन । बरियताकै हिसाबले पनि अब उहाँ पछि शेरबहादुर देउवा हुनुहुन्छ । उहाँ भन्दा उमेरमा पनि केहि गर्न सक्ने क्षमता राख्नुहुन्छ । देउवाले अरु क्षमता पनि सरकार सञ्चालनका क्रममा देखाउनुभएको छ । त्यसैले अन्य नेतालाई उचित ठाउँ दिएर देउवालाई सर्बसम्मत सभापति बनाउनुपर्ने अहिलेको आवश्यकता हो ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget