Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सबैको चित्त बुझने संविधान निर्माण गर्न तयार : मन्त्री रिजाल

विराटनगर भदौ २।
संचार मन्त्रि मिनेन्द्र रिजाले सबैलाई चित्त बुझने संविधान निर्माण गर्न तयार रहेको बताउनु भएको छ । स्थानिय उदघोष दैनिकको ११ औ वर्षीक गाठको अवसरमा आयोजीत कार्यक्रमा मन्त्रि रिजालल आन्दोलित सबै सँग सरकार, नेपाली काँग्रेस,चारदल जसको तर्फ बाट पनि छलफल गर्न तयार रहेको बताउनु भएको छ । उहाँले नेपालको ९० प्रतिशत जनताले दिएको मतलाई बायस गरेर सविधान बन्न नसक्ने बताउनु । सबैले मन नपरेको कुरा काटदै जाने हो भने सविधान खाली कागजमात्र रहने जिकीर गर्नु भयो । उहाले मन नपरेका कुरा सँगै मन परेका कुलाई पनि स्किागर्न सबैलाई अग्रह गर्नु भयो ।
सविधान ढुङ्गाको अक्षरले नलखीएको भन्दै आज लेखेका कुरा मन नपरे भोली आफ्नो दुई तिहाइ बहुमत तयार गरी भोलीका दिनमा अफुलाई मन पर्ने कुरा राख्ने सोचकासाथ अगाडी बढन अनुरोध गर्नु भयो । कार्यक्रममा मोरङ्ग व्यापार संघका अध्यक्ष तथा सभासद पवनकुमार सारडा, प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की लगायतले बोल्नु भएको थियो । कार्यक्रमा अग्रज पत्रकार कोषराज रेग्मी, पूर्वाञ्चल आश्रमकी सिता पोखरेल,विराटेश्वर बृद्धा आश्रमका जगत प्रसाद अर्याललगायतलाई सम्मान गरिएको थियो । त्यसैगरी श्रीप्रसाद दिव्यराज दाहाल सेवाकोषबाट प्रदान गरिएको २५ हजार नगद राशि सहित सहित्यकारा राधिका गुरागाइ पुरस्कृत हुनु भएको थियो । उदघोष दैनिकका उत्कृष्ट भएका कर्मचारी दिपक खड्कालाई पनि ७ हजार नगद सहित पुरस्कृत गरिएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget