Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सार्क अर्थमन्त्रीस्तरीय सातौं बैठक बिहीबार

काठमाडौँ, १ भदौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अर्थमन्त्रीस्तरीय सातौं बैठक यही बिहीबार यहाँ हुने भएको छ ।

अर्थ मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थसचिव सुमनप्रसाद शर्माले काठमाडौँको होटल सोल्टीमा हुने उक्त बैठकमा समग्र सार्कको आर्थिक विकासका विषयमा छलफल हुने बताउनुभयो ।

सार्कस्तरको यो नियमित बैठकको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्नुहुने र अध्यक्षता अर्थमन्त्री डा रामशरण महतले गर्नुहुने उहाँले जानकारी दिनुभयो ।

बैठकले भूकम्पपछि पनि नेपालले अन्तर्राष्ट्रियस्तरको कार्यक्रम गर्न सक्षम छ भन्ने सन्देश दिने सचिव शर्माले विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्रीस्तरीय छैटौँ बैठक श्रीलङ्काको कोलम्बोमा सन् २०१३ को अगष्टमा सम्पन्न भएकोे थियो ।

अठारौं सार्क शिखर सम्मेलन, नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन (आइसिएनआर) सफलतापूर्वक आयोजनापछि अन्तर्राष्ट्रियस्तरको यो नै ठूलो सम्मेलन नेपालले गर्न लागेको हो ।

सचिव शर्माका अनुसार सार्क क्षेत्रको आर्थिक एवम् सामाजिक क्षेत्रका साझा मुद्दाका विषयमा बैठकमा छलफल हुनेछ । यो बैठकले मन्त्रिस्तरीय बैठकको अध्यक्षता नेपाललाई हस्तान्तरण गर्नेछ ।

बैठकको मुख्य कार्यसूचीमा सार्कका सदस्य राष्ट्रबीचमा आर्थिक गतिविधिमा कसरी सहयोग आदानप्रदान गर्न सकिन्छ भन्ने विषय र छैटौँ बैठकमा भएका निर्णय तथा सुझावको कार्यान्वयनको अवस्थाका विषयमा छलफल हुनेछ ।

बैठकमा सार्क क्षेत्रमा लगानीको अवस्थामा सुधार गर्ने, गभर्नरस्तरीय बैठक, साझा मुद्राको प्रचलन र सार्कस्तरमा सबै राष्ट्रको मुद्रा चलनचल्तीमा आउने अवस्था सिर्जना गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

अर्थसचिव शर्माले मुद्राका विषयमा साझा धारणा बनाउन सकियो भने सार्क क्षेत्रमा व्यापार सहज हुने र सदस्य राष्ट्रलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । बैठकमा सार्क विकास कोषको गतिविधि पनि बढाउने र कोषबाट भएका कार्यक्रमको समीक्षा, सार्क लगानी बैंकको विषयमा निरन्तर छलफल हुने र क्षेत्रीयस्तरको व्यापार प्रवद्र्धनका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकको तयारी पूरा भएको उल्लेख गर्दै अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालय, सूचना तथा सञ्चार र गृह मन्त्रालयले सहकार्य गरेर बैठकको व्यवस्था गरिएको अर्थसचिव शर्माले जानकारी दिनुभयो ।

बैठकमा नेपालका तर्फबाट अर्थमन्त्री डा महत, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, अर्थ सचिव सुमनप्रसाद शर्मा, परराष्ट्र सचिव शङ्करदास बैरागीलगायतको प्रतिनिधि मण्डलको सहभागिता रहनेछ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget