Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आमहडतालको विराटनगरमा समान्य प्रभाव

विराटनगर साउन २७। थारु संयुक्त संघर्ष समितिले तराईका २२ जिल्लामा आह्वान गरेको आमहडतालको विराटनगरमा समान्य प्रभाव परेको छ ।
आज विहान सडकमा पातलोरुपमा सवारी साधन गुडेपनि दिउँसोदेखि भने निर्वाधरुपमा सवारी साधानहरु सञ्चालन भइरहेका छन् । यस्तै अधिकांश बजार–पसल समेत खुलेका छन् । शैक्षिक संस्था र कलकारखाना पनि निर्वाधरुपमा सञ्चालन भएका छन् ।

विराटनगरमा आज विहान भने थारु संघर्ष समितिका कार्यकर्ताले सडकमा गुडेका सवारी साधन र पसलहरु बन्द गर्न लगाएका थिए । तर दिउँसोदेखि भने बाक्लैरुपमा सवारी साधन गुडिरहेका छन् । मध्य तथा सुदुरश्चिममा भने बन्दको निकै प्रभाव परेको छ । मध्य तथा सुदुरपश्चिमका अधिकांश स्थानमा भने यातायात तथा बराज–पसल बन्द भएका छन् । थारु कल्याणकारिणी सभाको संयोजनमा रहेको थारु संयुक्त संघर्ष समितिले कञ्चनपुरदेखि चितवनसम्म थारु प्रदेश हुनुपर्ने मागसहित तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरेको हो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget