Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

रकम निकासा नहुँदा निर्माण समिति ऋणमा

डोल्पा, २७ साउन । डोल्पाको नर्कु गाविस–६ मा निर्माण गरिएको फेदी खोला जलविद्युत् लघु जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भइसक्दा पनि रकम निकासा भएको छैन ।

गत वैशाख १८ गते निर्माण कार्य सम्पन्न भई बत्ती बलि सक्दा पनि उक्त आयोजनाको रु १२ लाख रकम निकासा नभएपछि निर्माण उपभोक्ता समिति मर्कामा परेको छ । आयोजना निर्माण कार्य सम्पन्न भएको चार महिना बितिसक्दा पनि रकम निकासा नभएकाले बिभिन्न स्रोतबाट रु १५ लाख ऋण लिएर कामदार र हेलिकोप्टरमा सामान ढुवानीको रकम बुझाएको आयोजनाका सचिव भक्तबहादुर बुढाले बताउनुभयो ।

अठार किलोवाट क्षमता भएको उक्त लघु जलविद्युत् आयोजनाको निर्माण कार्यका लागि वैकल्पिक ऊर्जाले घोषणा गरेको रु १८ लाख रकम उपलब्ध हुन नकसेपछि समिति मारमा परेको हो । “रकम आउने आशमा विभिन्न स्रोतबाट उच्च ब्याजमा ऋण लियौँ” सचिव बुढाले भन्नुभयो ।

तीनवटा वडाका १४० घरधुरीलाई विद्युत् सेवा दिने उद्देश्यले रु ९५ लाख लागतमा निर्माण कार्य सम्पन्न गरिएको उक्त आयोजनाको प्राविधिक सहयोग बेस नेपाल नामक संस्थाले गरेको थियो । सो आयोजना निर्माणका लागि जिल्ला वैकल्पिक ऊर्जा कार्यक्रमले रु ३६ लाख सहयोग गरेकामा रु १८ लाख मात्र उपलब्ध गराएको थियो । बाँकी रकम निर्माण कार्य सम्पन्न भएलगत्तै दिने बताए पनि अहिलेसम्म भुक्तानी नदिएको समितिले जनाएको छ ।

बेस नेपालका सहजकर्ता निराजन खत्रीले रकमको विषयमा आफूलाई केही जानकारी नभएको बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget