Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

एक वर्षमा उदयपुरका बाह्र हजार युवा विदेश जान्छन्

गाईघाट (उदयपुर), १९ साउन । उदयपुर जिल्लामा एक वर्षभित्र झन्डै १२ हजार युवा जनशक्ति विदेश पलायन भएका छन् ।

विगतका वर्षहरुमा जस्तै ०७१÷७२ सालको एक आवभित्र उदयपुर जिल्लाबाट ११ हजार ९५४ जना युवा जनशक्ति विदेश पलायन भएको जिल्ला प्रशासन कार्यालय उदयपुरको तथ्याङ्कले देखाएको छ ।

विदेश जानका लागि राहदानी लिने क्रममा एक वर्षभित्र चार हजार ९११ जनाले जिल्ला प्रशासन कार्यालय उदयपुरबाट राहदानी लिएका छन् ।

यस्तै, सात हजार १४ जनाले जिप्रका उदयपुरको सिफारिसमा परराष्ट्र मन्त्रालयबाट राहदानी लिएको तथ्याङ्क रहेको कुरा उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले बताउनुभयो ।

यसरी वैदेशिक रोजागारीका लागि विदेश जाने युवा जनशक्तिको राहदानी बनाउने क्रममा लाग्ने सरकारी दस्तुरबाट करिब रु दुई करोड ६७ लाख ५७ हजार राजस्वसमेत सङ्कलन भएको कुरा प्रजिअ घिमिरेले बताउनुभएको छ ।

जिल्लाबाट राहदानी लिने क्रममा २४ जना महिला र चार हजार ५८७ जना पुरुषले राहदानी लिएका छन् भने परराष्ट्र मन्त्रालयको द्रुततर सेवाबाट ८४३ महिला र छ हजार १९५ पुरुष रहेका छन् ।

विगतका वर्षहरुमा पनि जिल्लामा पाँच हजारदेखि आठ हजारसम्म युवा जनशक्तिले राहदानी लिएर वैदैशिक रोजगारीमा जाने गरेका थिए ।

तर यस आवमा भने यो क्रम झनै बढ्दै गएको कुरा जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कले देखाएको छ ।

स्थानीय क्षेत्रबाट वैदेशिक रोजगारीमा पठाउँदै आएको उदयपुर गाईघाटको एक म्यानपावर खुम्बु ओभरसिजका अनुसार वैदेशिक रोजगारीमा जानेमध्ये उदयपुरबाट धेरै मलेसिया जाने गरेका छन् ।

मलेसियापछि देस्रो गन्तव्यमा साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्स तथा कतार र कुबेत रहेको कुरा स्थानीय म्यानपावरले बताएका छन् ।

रोजगारीका क्रममा दिनानुदिन युवा जनशक्ति पलायन हुने क्रम बढेसँगै गाउँघरमा भने युवाको उपस्थिति नै शून्य हुन थालेको कुरा लाफागाउँका ७० वर्षीय स्थानीय कृष्णप्रसाद बुढाथोकी बताउनुहुन्छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget