Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नवनियुक्त मुख्यसचिव डा सुवेदीः एक शब्दचित्र

काठमाडौँ, २० साउन । निजामती प्रशासनको सर्वोच्च पद सरकारको मुख्य सचिवमा डा सोमलाल सुवेदी नियुक्त हुनुभएको छ ।

निजामती सेवाको ३४ वर्ष लामो अनुभव सङ्गाल्नुभएका डा सुवेदी मुलुकको मुख्यसचिव पद सम्हाल्ने २१औँ व्यक्ति हुनुभएको छ ।

स्थायी सरकारको रुपमा रहेको नेपालको निजामती सेवामा रहेका करिब ८० हजार कर्मचारीको नेतृत्व आगामी तीन वर्षसम्म उहाँले गर्नुहुनेछ ।

मन्त्रिपरिषद्को आजको बैठकले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सचिवमा कार्यरत डा सुवेदीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्य सचिवका दावेदार सबैलाई पछि पार्दै डा सुवेदी मुख्य सचिवमा नियुक्त हुन सफल हुनुभएको छ ।

यसअघि उहाँले २०७१ भदौदेखि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

विसं २०१९ पुस २३ गते थुम्की–६ कास्कीमा जन्मनुभएका डा सुवेदी वित्तीय विकेन्द्रीकरणमा विद्यावारिधी हुनुहुन्छ । उहाँले एमए, एमपीए र वीएलको शिक्षासमेत हालिस गर्नुभएको छ ।

राष्ट्रिय योजना आयोगको सचिवालयको सदस्य सचिवको जिम्मेवारी सम्हालिसक्नुुभएका डा सुवेदीले करिब एक महिना निमित्त उपाध्यक्ष भई कार्य सम्पादन गर्नुभएको थियो ।

उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय र हालको श्रम तथा रोजगार मन्त्रालयको सचिवको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

डा सुवेदीले मन्त्रिपरिषद् सचिवालयमा सहसचिव, स्थानीय विकास मन्त्रालय (स्थानीय निकाय वित्तीय आयोगको सदस्य सचिव) को जिम्मेवारी पनि सम्हाल्नुभएको छ ।

सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना आयोग, स्थानीय विकास मन्त्रालयमा (२०५३ जेठदेखि २०५९ असारसम्म) उपसचिव र सुर्खेत, नवलपरासी, काभ्रेपलाञ्चोक र बाग्लुङ गरी चार जिल्लामा स्थानीय विकास अधिकारीसमेत भई कार्य गरेको डा सुवेदीको अनुभव छ ।

उहाँले सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखा र कर विभागअन्तर्गत शाखा अधिकृतको रुपमा काम गर्नुभएको छ । त्यस्तै, कृषि विकास कार्यालय, जिल्ला अदालत र महालेखा नियन्त्रक कार्यालयमा सहलेखापाल, लेखापाल समेतका पदमा काम गर्नुभएको छ ।
सङ्घीयताको विषयमा दखल राख्नु हुने डा सुवेदीका ‘नेपालमा सङ्घीयता र स्थानीय निकायको जिम्मेवारी, २०७१’ नेपालमा सङ्घीयता, स्थानीय सरकार र कार्य जिम्मेवारी निर्धारण, २०६७, नेपालमा सङ्घीयता र कार्य जिम्मेवारी निर्धारण, २०६५, विकेन्द्रीकरण र स्थानीय वित्त व्यवस्था, २०६३ लगायतका कृति प्रकाशित छन् ।

त्यसैगरी, आदिकवि भानुभक्त क्याम्पसः तनहुँमा दुईवर्ष आंशिक प्राध्यापन गर्नुभएका सुवेदीले विभिन्न निर्वाचनमा सहयोगी अनुगमनकर्ता, विकेन्द्रीकरण, वित्तीय विकेन्द्रीकरण, प्रकोप व्यवस्थापन, व्यक्तिगत घटना दर्ता, दिगो विकास सामाजिक सुरक्षा, सङ्घीयता र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम सम्बन्धमा स्वदेश तथा विदेशमा कार्यपत्र प्रस्तुति र टिप्पणी शत्राध्यक्षता आदि गर्नुभएको छ ।

उहाँका प्रशासन, विकेन्द्रीकरण, सेवाप्रवाह, वित्तीय विकेन्द्रीकरण, सङ्घीयता, स्थानीय स्वायत्त शासन आदि विषयमा लेख रचना प्रकाशित छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठकले यही साउन २२ गतेदेखि रिक्त हुने नेपाल सरकारको मुख्यसचिव पदमा नेपाल सरकारको विशिष्ट श्रेणीमा कार्यरत सचिव डा सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले अवकाश लिन लाग्नुभएका मुख्यसचिव लीलामणि पौड्यालले राष्ट्रिय सेवा, राष्ट्रियहित, सुशासन र नेपालको निजामती प्रशासनलाई अनुशासित, व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गरेकोप्रति विशेष धन्यवाद दिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।

मुख्यसचिव पौड्यालले आफ्नो कार्यकालको अनुभव मन्त्रिपरिषद्लाई जानकारी गराउनुभएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget