नेपाल आदिवासी जनजाती महासंघ मोरङले आजबाट साताव्यापी २२ औ विश्व आदिवासी दिवस मनाउन सुरु गरेको छ ।

आज विराटनगरमा संघले पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । संघले आजको पत्रकार सम्मेलन सँगै २२ औ विश्व आदिवासी दिवस मनाउन सुरु भएको जनाएको छ । त्यसैगरी भोलि २० गते संयुक्त बैठको आयोजना गर्ने जनाएको छ । दिवस मनाउने क्रममा २१ गते रक्तदान ,२२ गते विराटनगर –५ थारुग्राममा बृक्षारोपण ,२३ विभिन्न मठ मन्दिरहरुको सरसफाइ गर्नुका साथै अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गर्ने जानकारी दिएको छ । दिवसको मुख्य दिन २४ गते विभन्न जुलुस,झाँकी,¥याली सभा गर्ने आयोजक समितीले जनाएको छ ।
Post a Comment