Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

थरुहट कार्यकर्ताको आक्रमणमा अबोध नाबालक मारिए

कैलाली भदौ ८। कैलालीको टीकापुरमा थरुहटका कार्यकर्ताको आक्रमणमा एक अवोध बालकको समेत ज्यान गएको छ ।tekendra_kuwar_killd_in_tikapur_tharuhat_attacke_431679332

वरिष्ठ प्रहरी उपरीक्षक लक्षमण न्यौपानेसहित आठजना प्रहरीको हत्या गर्ने क्रममा थरुहट कार्यकर्ताको आक्रमणमा परी ८ वर्षीय एक बालकको घरैमा ज्यान गएको हो ।

टीकापुरमा नगरपालिका–६ शंकपुरमा थरुहट/थारुवानका कार्यकर्ताले निषेधाज्ञा तोड्ने क्रममा प्रहरीमाथि आक्रमण गर्दा सशस्त्र प्रहरीका नाबालक छोराको ज्यान गएको हो ।

सशस्त्र प्रहरीका सहायक हवल्दार नेत्र बहादुर साउदका २ वर्षीया छोरा टेकेन्द्र साउदको घरमै बसिरहेको अवस्थामा ज्यान गएको हो ।

आन्दोलनकारीले घरेलु हतियार भाला, बन्चरो, हँसिया र गुलेलीले आक्रमण गर्ने क्रममा प्रहरीसँगै बालक पनि मारिएका हुन् ।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक न्यौपानेसहित ८ जनाको ज्यान गएको छ भने ४६ जना भन्दा प्रहरी घाइते भएका छन् ।

थरुहटका कार्यकर्ताले आक्रमण गर्दा सेती अञ्चल प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरिक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरिक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, हवल्दार लक्ष्मण खड्का, वरिष्ठ सशस्त्र प्रहरी हवल्दार ललित साउद, सशस्त्र प्रहरी हवल्दार रामविहारी चौधरी र लोकेन्द्र चन्दको ज्यान गएको हो ।

k bho
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget