Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सुरुभयो बन्द हडताल

इटहरी, २८ साउन। राष्ट्र हितको पक्षमा भएका सहमती र समझदारी बिपरीत नामाङकन बिनै ६ प्रदेशको सिमाङकन छुटयाएको बिरोधमा आज बहिीबारबाट पूर्वी तराइका जिल्लाहरुमा बन्द हडतालका कार्यक्रमहरु सुरु भएका छन । ६ प्रदेश सिमाङकन चाहिदैन भन्दै पूर्वि तराइका बिभिन्न राजनीतिक संगठनहरु लगायतले बिहीबारबाट पूर्वि तराइका जिल्लाहरुमा बन्द हडताल सुरु गरेका हुन । पूर्वको पहिलो प्रदेश अन्तरगत १४ जिल्लालाई समेटेको भन्दै बिहीबार संघिय लिम्बुवान नेपालले अरुण पूर्वको नौ जिल्ला ठप्प बनाएका छन ।
नौ जिल्लालाई छुट्टै लिम्बुवान राज्य माग्दै आएको लिम्बुवानले पहिलो प्रदेशमा १४ जिल्ला समेटेको प्रति बिरोध गर्दे बिभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनीक गरीसकेको छ । अरुण पूर्वको नौ जिल्ला ऐतिहासिक पृष्ठभुमीको आधारमा लिम्बुवान राज्य हुनुपर्ने माग गर्दै बिहीबार सुनसरी , मोरङ्ग , झापा , इलाम , पाचथर ,ताप्लेजुङ्ग , धनकुटा , तेह«थुम , संखुवासभा लिम्बुवानले ब्यापार ब्यवसाय लगायत यातायातका साधनहरु समेत पुर्ण रुपमा ठप्प बनाएका छन ।
जिल्लाका मुख्य मुख्य चौक तथा सडक खण्डमा लिम्बुवानका कार्यकर्ताहरुको बाक्लो भिड देखीएको छ भने ठाउ ठाउमा ब्यानर सहित कार्यकर्ताहरु बजार बन्द गराउदै हिडेको देखीएको छ । यता लिम्बुवानको बन्द जारी रहेकै अवस्थामा थारवानले पनि पूर्वि तराइका ६ जिल्ला शुक्रबार बन्द घोषणा गरेका छन । पूर्वि तराइका ६ जिल्लालाई समेटेर थरुहट प्रदेश बनाइनुपर्ने माग गर्दे थारुवान कोचिला राज्य संघर्ष समितीले शुक्रबार एक दिन ६ जिल्ला बन्दको आवहान गरेको हो । नामाङकन बिनाको ६ प्रदेश सिमाङकन गरीएको बिरोधमा बिभिन्न जातीय संगठनहरुले लगातार बन्दको आवहान गर्दै आएका छन ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget