Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पण्डितलाई राष्ट्रिय झन्डा हस्तान्तरण

काठमाडौँ, २० साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जापानको सर्वोच्च शिखर फुजीमा आरोहण गर्न जाने नेपाली अल्ट्रा धावक सञ्जय पण्डितलाई आज नेपालको झन्डा हस्तान्तरण गर्नुभयो ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित एक कार्यक्रममा (एमाले)का अध्यक्ष ओलीले पण्डितलाई सफलताको शुभकामना दिँदै नेपालको झन्डा हस्तान्तरण गर्नुभएको हो ।

अल्टा धावक पण्डितले यही साउन २२ देखि २७ गतेसम्म जापानको सर्वोच्च शिखर फुजीको आरोहण गर्ने जानकारी दिनुभयो । सात महादेशमा छ महादेशको सर्वोच्च हिमालको आरोहण गरिसक्नुभएको पण्डितले अब अन्टार्कटिका महादेशको भिन्सन मसिफ शिखरमात्र आरोहण गर्न बाँकी रहेको बताउनुभयो । उहाँले जापानबाट फर्र्किएलगत्तै त्यसको तयारीमा लाग्ने जानकारी दिनुभयो ।

धावक पण्डितले नेपाल सरकारसहित विभिन्न सङ्घसंस्थाको हिमाल चढ्नका लागि आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । पण्डितले अहिलेसम्म दुई हजार ४९५ किमी दौडी सक्नुभएको छ । धावक पण्डित भोलि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget