Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

गाउँको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै सुन्दरीफाँटाका बासिन्दा

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको कृष्णपुर–१ सुन्दरीफाँटाका बासिन्दाले सामूहिक रुपमा कार्य गरी गाउँको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् ।

वन जोगाउने, सडक खन्ने, चरिचरन बन्द गर्ने र नदी नियन्त्रणको कार्यका लागि यहाँका बासिन्दाले सामूहिक रुपमा कार्य गर्दै आएका हुन् । गाउँको विकासका लागि बैठक राखेर योजना पहिचान गरी सामूहिक रुपमा कार्य गर्दै आएको स्थानीय समाजसेवी सुन्दरलाल चौधरीले बताउनुभयो ।

“सरकारी गैरसरकारी निकायको मुख नताकी गाउँको विकासका लागि आफैँबाट कार्यको थालनी गर्नुपर्छ भन्ने उद्देश्य लिएर सामूहिक रुपमा कार्य गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । पहिला मुख्य सडकबाट गाउँसम्म पुग्ने सडक थिएन दिलकुमार चौधरीले भन्नुभयो, “गाँउमै बैठक राखेर सडक बनाउने निधो ग¥यौँ । सबै जनाले सडक बनाउने प्रतिबद्धता जाहेर गरी श्रमदान गरेपछि घरसम्म पुग्ने सडक बनेको छ ।”

“वनमा चौपायालाई छाडा रुपमा छाड्ने चलनले वन उजाड बन्दै जान थालेको थियो । सामूहिक रुपमा सबैजनाले चरिचरन नियन्त्रण गरी वनमा वृक्षरोपण गरेपछि वन हराभरा भई वनबाट स्थानीयवासीले सहज रुपमा घाँस र सोत्तर ल्याउन पाएका छन्”, चौधरीले भन्नुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget