Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

छात्रा लिएर प्रधानाध्यापक फरार

तनहुँ, ७ भदौ । विद्यार्थीको रक्षक एवम् सुनौलो भविष्य बनाउने जिम्मा लिएका शिक्षक नै भक्षक बन्दा रहेछन् भन्ने उदाहरण तनहुँका एक शिक्षकले दिएका छन् ।

जिल्लाको सुन्धारा गाविसस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयका प्रअ खिमलाल नेपाली कक्षा १० मा अध्ययतरत सोही गाविस वडा नं १ निवासी शुकबहादुर कुमालको छोरीलाई लिएर फरार भएका हुन् ।

श्रीमती र छोराछोरीसहित कुमालको घरमा डेरा गरी बसेका प्रअ नेपालीले ती छात्रालाई आफूहरू दुईबीचको सम्बन्ध कोही कसैलाई नभन्न दबाबका साथै विवाह गर्ने आश्वासन दिँदै आएका थिए ।

गत शुक्रबार छात्राले प्रअ नेपालीलाई भेट्न बोलाएको मौकामा स्थानीयवासीले घरमा घेरा हाली प्रअ नेपालीलाई पक्राउ गरी गजरकोट प्रहरी चौकीमा बुझाएका थिए ।

उक्त समयमा छात्राले आफूमाथि प्रअ नेपालीले यौन दुव्र्यवहार गर्नुका साथै सिन्दूर हाली श्रीमती बनाइसकेको बताएकी थिइन् ।

इलाका प्रहरी कार्यालय वेलचौतारा प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालले प्रअ नेपालीलाई प्रहरीले पक्राउ गरे पनि कसैले जाहेरी नदिएको र पीडित छात्राले समेत निजकै श्रीमती भएको बताएपछि रिहा गरिएको बताउनुभयो ।

विगत पाँच वर्षअघिदेखि त्यस विद्यालयमा प्रअ पद सम्हाल्दै आएका नेपाली हाल छात्रा लिएर सम्पर्कविहीन अवस्थामा रहेको बताइएको छ ।

उक्त घटनापश्चात् स्थानीय अभिभावक र विद्यार्थीले नैतिकपतन गर्ने प्रअ नेपालीलाई तत्काल बर्खास्त गर्नुपर्ने मागसहित आइतबार विद्यालयमा तालाबन्दी गरेका छन् ।

निज प्रअको श्रीमती पनि सोही विद्यालयकी शिक्षिका भएको बताइएको छ । यस विषयमा जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीसँग सम्पर्क गर्दा आफ्नै विद्यार्थी भगाउने शिक्षकलाई कारबाही गर्ने कुनै पनि शिक्षा नियमावलीमा नभएको बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget