Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

महासंघ अध्यक्ष र महाश्रमणबीच भेटवार्ता

विराटनगर ,साउन १८ /

जैन धर्मगुरु आचार्य महाश्रमणले व्यापरी वर्गले धेरै मुनाफा कमाउनुभन्दा ठिक्क लिएर त्यसको केही हिस्सा समाजको हितमा लगाउनु पर्ने बताउनु भएको छ ।Muraraka N mahasraman
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका र आचार्य महाश्रमणबीच सोमबार विराटनगरको जैन भवनमा भएको भेटघाटमा महाश्रमणले भन्नुभयो,‘धेरै होइन थोरै मुनाफा लिनेबारे तपाईंले पनि आफ्ना सदस्यहरुलाई चेतना दिलाउनु होला । केही हिस्सा समाजको हितका निम्ति खर्च गर्नुहोस ।’
महाश्रमणसँगको भेटका क्रममा अध्यक्ष मुरारकाले देशको अर्थतन्त्र र निजी क्षेत्रको भूमिकाको विषयमा आचार्यलाई जानकारी दिलाउनु भयो । उहाँले भन्नुभयो,‘देश भर्खरै संविधान निर्माण र शान्ति प्रक्रियामा लागेकोले निर्यात व्यापार कम भएकोले समस्या छ तर यो धेरै समयसम्म नरहने भन्ने हाम्रो पनि बुझाई छ ।’ मुरारकाले नेपालले केही वर्षभित्रै आर्थिक उन्नति गर्ने र आफूलाई सुखी राष्ट्रको सूचीमा दाखिल गर्ने पनि दाबी गर्नुभयो ।
अध्यक्ष मुरारकाले जैन भवनको अवलोकन गर्नुका साथै चातुर्मासमा सहभागी हुन आएका अनुयायीहरुको लागि व्यवस्थापन समितिले गरेको विविध सुविधाबारे पनि जानकारी लिनु भएको थियो । मिडिया संयोजक राकेश सुरानाका अनुसार मुरारकाले चातुर्मासको व्यवस्थापन र सरकारको सहयोगबारे पनि व्यवस्थापन समितिका पदाधिकारीसँग जिज्ञासा राख्नु भएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget