Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

दण्ड जरिवानाबाट विकास

इनरुवा, ३१ साउन । सरकारी र गैरसकारी निकायको बजेटबाट विकास भएको सबैले सुनेको र भोगेकै कुरा हो । तर सामाजिक दण्ड, जरिवानाबाट पनि विकास हुन्छ भन्ने उदाहरण सुनसरीको रामनगरभुटाहामा पाइएको छ ।

भुटाहा गाविसमा सामाजिक अगुवाहरुले समाजमा हुने अन्याय, अत्याचार र सामाजिक विकृति फैलाउनेहरुबाट तिराइएको सामाजिक दण्ड जरिवानाबाट विकास निर्माणको काम सुरु गरेका छन् ।

समाजभित्र हुने गरेका सामाजिक घटनाहरु तलाक (सम्बन्ध विच्छेद), कुटपिट, लेनदेन, अनैतिक यौनक्रीडा, ठगीजस्ता मुद्दामा पीडक र पीडितलाई राखेर समाजमा पञ्चायती बसी पीडितलाई पीडकबाट दिलाइएको क्षतिपूर्तिबापतको दण्ड जरिवाना रकमबाट केही रकम कट्टा गरी बाटो निर्माणमा खर्च गरिने गरिएको स्थानीय अब्दुल लतिफ अन्सारीले बताउनुभयो ।

भुटाहा गाविसको वडा नं ७ र ९ को बाटो वर्षायाममा पानी जमेर हिलाम्य भएपछि यातायात तथा अन्य सवारी साधन सञ्चालन गर्नसमेत नसकिने अवस्थामा रहेकाले ती बाटोको निर्माणकार्यमा खर्च गरिएको हो ।

तर सो रकमबाट पूर्ण ग्राभेल हुन नसकेपछि बाँकी रहेको दण्ड जरिवानाको रकमबाट विकास निर्माणको काम सुरु गरेको स्थानीय लस्करी अन्सारीले बताउनुभयो । त्यसैगरी भुटाहा– ७ को २.५ किलोमिटर लम्बाइको सडकमा माटोको काम गाविसको विकास बजेट रु तीन लाखबाट गराइएको र गाविसकै अन्य शीर्षकबाट रु एक लाख ५६ हजार तथा जिविस सुनसरीको रु दुई लाखबाट ७५ प्रतिशत काम सम्पन्न भइसकेकाले बाँकी काम सामाजिक दण्ड जरिवानाको रकमबाट गर्न लागिएको नेपाली काँग्रेस भुटाहाका सभापति शेराजुद्दिन मियाँले बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget