विराटनगर साउन २३ । विराटनगर जुनियर जेसिजले वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । शुक्रवार विराटनगरमा सम्पन्न प्रतियोगितामा गंगा मेमेरियलका पराकल दहाल प्रथम, माटर्स स्कुलकी एलिना मन्डल दोस्रो र रिया अग्रवाल तेस्रो भएकी थिईन् ।

१५ वटा स्कुलका प्रतियोगीहरुले कार्यक्रममा भाग लिएका थिए । सहभागीहरुले प्रतिभा प्रस्पुटन गर्ने अवशर प्रदान गरेकोमा आयोजकलाई धन्यवाद सहित खुसि व्यक्त गरेका थिए ।कार्यक्रममा भुकम्प पिडीतलाई विराटनगर जेसिजको प्रतिनिधी गर्दै धादिङमा राहत ,उद्धार र पुर्ननिर्माणमा सक्रिय सहयोग गरेर जेसिजको नाम राखेको भन्दै जेसिजका देवचन्द्र घिमिरेलाई सम्मान गरिएको थियो ।
Post a Comment