Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नयाँ शक्ति, मोरङको गाँउमा फहराइयो झन्डा

मोरङ, भदौ १४ –मोरङको डाँगीहाट ५ मा नयाँ शक्तिको झन्डा गाडिएको छ । अधिबत्ता घनश्याम चौलागााईले आफुले स्थापना गरेको नयाँ शत्तिको झण्डा गाँउमा फहराएका हुन् ।

डाँगीहाटमा हुर्किएर पछिल्लो समय हङकङलाई कर्मथलो बनाएका उनले राष्ट्रलाई निकास दिननयाँ शक्ति चाहिएको बताएका छन् । डाँगीहाट ५ स्थित संगमटोलका घरहरुमा सो शत्तिको झण्डाहरु पहिलोपटक फहराईएको हो ।

पछिल्लो समय देश तथा बिदेशमा समेत चर्चा पाईरहेको र बिश्वका थुप्रै देशबाट करिब १० हजार सदस्य बनिसकेको उनले बताए । नयाँ पार्टीमा चासो देखाउनेको संख्या पनि उत्तिकै बढेको पनि उनले बताए ।

शान्ति निकास र बिकास नारा दिईउको नयाँ शत्तिले राष्ट्रिय स्तरमा समेत चर्चा पाउन थालेको छ । देशमा नयाँ शत्तिको आबश्यत्ता महशुस गरिरहेका हरुको ध्यान समेत त्यसतर्फ मोडिएको चौलाँगाईले बताए ।

एकीकृत माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले विगत दुई–तीन बर्षदेखि नयाँ शक्तिको खाँचोमाथि बहस चलाउँदै आएका छन् ।

नयाँ शत्तिको देशमा आबश्यत्ता छ त्यसैले नयाँ शक्ति बनाएँ – चौलागाईँ


नयाँ शत्तिको पहिलो झण्डा किन डाँगीहाटमा फहराउनुभयो ?

– मेरो कर्मभुमि जहाँबाट मैले केही कुरा सिकेँ, हुर्किएँ, बढँे । आज बिदेशमा छु तर म नेपालको बासिन्दा हुँ । नेपाली हुँ । मेरो गाँउ जसलाई म माया गर्छु । त्यसैले त्यहीबाट शुरु गरेँ । अब देशैभरि झण्डा गाड्ने उद्घोष समेत गर्दछु ।

किन नयाँ शक्ति जन्माउन खोज्नु भएको हो ?

11951198_1034358519932072_8990842189716736877_n– दैनिक एक हजार सात सय भन्दा बढी युवा विदेश गईरहेका छन् । देशमा भएका कलकारखानाहरु बन्द छन् । देशमा रोजगारका अबसरहरु कतै छैन । योग्यता लिएर बस्ने लाखौ युवाहरु बेरोजगार छन् । देश सधै दिन प्रतिदिन गरिब हुदै जाँदैछ । शान्ति सुरक्षा छैन .। राजनैतिक पार्टीहरुले संबिधान दिने नाममा देश लाई बन्दी बनाएका छन् ।

राज्यको ढिकुटी ६०१ सभासदको भत्ता र उपचार खर्चले खाली भैसकेको छ । भ्रष्टचारले सीमा नाघेको छ । हत्या–हिंसा र गुण्डागर्दीले नेपाली जनता त्रसित छन । संबिधान बन्ने कुनै सम्भावना छैन । यसैले यिनै राजनैतिक पार्टीहरुको षडयन्त्रमुलक चौघेरालाई तोडेर देशलाई शान्ति, निकास र बिकास दिनका लागी नयाँ शक्ति जन्माउन खोजेको हो । यो शत्ति नेपाली जनताको बिशुद्ध राष्ट्रबादी शक्ति भएर चाँडै नै देशमा स्थापित हुनेछ ।

तपाईको नयाँ शक्तिवारे धेरै टिप्पणी पनि सुनिन्छन्, कुनै बिदेशी शत्ति वा पूर्बराजा र नेपालका अरुकुनै पार्टी बाट त संचालित छैन भनेर प्रश्न उठेका छन्, के भन्नुहुन्छ ?

–हाम्रो देश बिश्वमा दोस्रो गरिब राष्ट्र हुनुमा, देशको अबस्था विकराल र देशको युवा शत्ति बिदेशमा गएर बिदेशीको गुलाम र दास बन्न बाध्य बनाउने जिम्मेवार को हो ? नेपालका शासकहरु राणा, राजा र अहिलेसम्म शासन गर्ने राजनैतिक पार्टीहरु र बिदेशी चलखेल नै हुन् भन्ने हाम्रो निश्कर्ष छ । यसर्थ यिनै शत्तिहरुलाई परास्त गरेर राष्ट्रलाई शान्ति दिन राष्ट्रबादी युवाहरुको विचारबाट संचालित शत्ति नै नयाँ शत्ति हो । त्यसैले यो कहिँ कतैबाट सञ्चालित छैन । स्वविबेकबाट सञ्चालित छ ।

तपाईहरुको शक्ति कसरी अगाडि बढछ ?

–सम्पूर्ण नेपाली जनतालाई म यो ढुक्क दिलाउन चाहन्छु हामी शान्तिप्रेमी हौँ । अब पनि फेरी १० बर्षे माओबादी जनयुद्ध जस्तो जनयुद्ध नदोहरियोस भनेर नै अब देशमा दिगो शान्ति कायम गर्न नै नयाँ शत्तिको महसुस गरेका छौँ । हामी शान्तिका झन्डा र शान्तिका विचार र उपदेश दिन नेपाली जनता माँझ जाँदै छाँै ।

नयाँ शत्तिले देशका प्रमुख मुद्दाहरु धर्म र पहिचानका बारेमा कस्तो दृष्टिकोण राख्दछ ?

–हामी धर्म र पहिचानका बिरोधि होइनौँ । हाम्रो प्रमुख रुपमा राष्ट्र र राष्ट्रियता रहे मात्र हाम्रो धर्म र पहिचान रहन्छ भन्ने हाम्रो मूल भनाइ हो । देश अहिले ज्यादै गम्भीर मोडमा गुज्रीरहेको छ । यो संकटको घडीमा देशलाई निकास दिन अहिलेका यी राजनीतिक दलहरु असफल भएका छन् ।

बिदेशी हस्तक्षेप झनै बढेर गएको छ । देशको अझै स्पष्ट बैदेशिक नीति निर्माण भएको छैन । देशमा ब्याप्त बर्गीय समस्या छोडेर जातीय नारा लगाईदै छ । देशलाई साम्प्रदायिक हिंसा तिर अघि बढाइदै छ । यी सबै कुराको निकास दिन सक्ने नयाँ शत्तिको देशलाई खाँचो छ । त्यसैले हामी पहिले राष्ट्र बचाउन आउदैँ छौँ । हामी हाम्रो राष्ट्रको सुरक्षाको लागि जसरी पनि बिखन्डनकारी शत्तिलाई परास्त गर्ने छौँ । त्यसपछि हामी धर्म र पहिचान जस्ता राष्ट्रका प्रमुख मुद्धामा जनताको मताधिकारबाट फैसला गर्न जनतालाई नै जिम्मा दिने छौ ।


नयाँ शक्ति फेसबुकमा मात्र सिमित हुने हो कि ?


– हामी देशका अरु पार्टी भन्दा मजबुत हँुदै गएका छौँ । देशलाई निकास दिन अरु राजनैतिक पार्टी असफल भै सकेको पुष्टि गर्ने आधार दुई पटकको संबिधान सभाको चुनाब नै हो । उनीहरुलाई अब जनताले विश्वास गर्न छाडी सके र जनताको लहर हामीसँग बढ्दो छ । हामीसंग अहिले ७५ जिल्लाका साथी हुनुहुन्छ । अब हामी छिटै नै जिल्ला कमिटी गठनको प्रकृयामा जादै छौँ ।

यो अभियान सुरु भएको कति भयो ?

–हामी केहि सीमित साथीवीच देशको यो जटिल अबस्थालाई हेरेर १ बर्षअघि देखि नै छलफल गर्दे आएका थियौँ । अब हामीले देशलाई जसरि पनि निकास दिनु पर्छ भनेर यो अभियान चलाएको ६ महिना भयो । यो वीचमा हामीले धेरै उपलब्धि प्राप्त गरि सकेका छौँ । ७० जिल्लामा नयाँ शत्तिका सदस्य पनि बनाई सकेका छौँ ।

नयाँ शक्तिले गणतन्त्र ,प्रजातन्त्र र लोकतन्त्र लाई स्वीकार गर्छ गर्दैन ?

– हामी गणतन्त्र ,प्रजातन्त्र र लोकतन्त्र, सार्बभौमसत्ता ,अखण्डता ,नेपालको ऐतिहासिक संरचनालाई अझ मजबुत बनाउने प्रतिबद्धता जाहेर गरेका छौँ । अन्तरिम संबिधान – २०६३ को दायरा भित्र रहेर देशमा नयाँ शत्तिले देश र नेपाली जनतालाई शान्ति निकास र बिकास दिने छ भन्ने बिश्वास लिएको छु ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget